पूर्वलडाकूको बेग्लै माग

२१ भाद्र २०६९, बिहीबार १७:०७ मा प्रकाशित

काठमाडौं, २१ भदौ । स्वेच्छिक अवकास रोजेका पूर्व लडाकूहरुले विशेष समितिसमक्ष भदौ मसान्तभित्रै दोश्रो किस्ताको रकम उपलब्ध गराउन माग राखेका छन् । बिहीबार समितिको सचिवालय बानेश्वरमा ज्ञापनपत्र बुझाउँदै उनीहरुले माग पूरा नभए आन्दोलनको चेतावनी दिएका छन् । विशेष समितिले हालै मात्र पहिलो किस्ता रकम लिएर अबकासमा गएकाहरुलाई कात्तिक दोस्रो साता बाँकी रकम दिने निर्णय गरेको थियो । सचिवालय संयोजक बालानन्द शर्मालाई बुझाइएको ज्ञापनपत्रमा जनयुद्धका घाइते तथा अपाङ्गहरुलाई औषधी उपचार र भरणपोषणको व्यवस्था राज्यले गर्नुपर्ने माग राखिएको छ । बटालियन सह कमाण्डर भक्तराज थापा ‘अपिल’को नेतृत्वमा ६५ पूर्व लडाकूहरुले बुझाएको ज्ञापन पत्रमा घाइते अपाङ्ग, बेपत्ता र सहीद परिवारका छोराछोरीलाई निःशुल्क शिक्षा र उपचारको व्यवस्थासँगै आश्रति परिवारबाट कम्तिमा एकजनालाई रोगजारको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
यस्तै ४ सय ४६ जना घाइते तथा अपाङ्गलाई निश्पक्ष छानविन गरी जीवन निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने, क्यान्टोनमेन्टमा रहेको हतियार संग्रहालयमा राख्नुपर्ने, अवकास लिएका लडाकूलाई स्थायी रुपमा व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्

काठमाडौं । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक प्रमाणिकरण गरेकी छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले