मदिरामा लट्ठिने जोडी गाउं निकालामा

२१ भाद्र २०६९, बिहीबार १६:५४ मा प्रकाशित

खोटाङ, २१ भदौ । मादक पदार्थ सेवन गरी छिमेकीलाई अश्लिल गालीगलौज गर्ने खोटाङ निर्मलीडाँडाका एक दम्पत्तीलाई समाजले गाउँ बहिष्कार गरेका छन् ।
मादकपदार्थ सेवन गर्ने र छिमेकीलाई अश्लिल गाली बेइज्जत बोलेको आरोपमा हाल दिक्तेल ६ बस्दै आएका निर्मलीडाँडा ९ का जीतबहादुर राई र उनकी श्रीमतीलाई छिमेकीले गाउँ निकाला गरेका हुन् । मादकपदार्थ सेवन गरेको अवस्थामा जहिले पनि घरमा झगडा गर्ने र छिमेकीलाई गालीबेइज्जती बोल्ने गरेकामा राई दम्पत्तीलाई बहिष्कार गरिएको छिमेकी किशोर राईले बताउनुभयो ।
पटक पटक बानी सुधार्न सल्लाह सुझाव दिँदासमेत सुधार नभएपछि राई दम्पत्तीलाई दुई महिनाभित्र ठाउँ छाड्ने शर्तमा सहीछाप गराइएको छ । तोकिएको समयभित्र गाउँ नछाडे बानीमा सुधार गर्ने र रु १० हजार जरिवाना तिर्ने शर्तमा दोहोरो कागज पनि गराइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ ।

काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको

कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ ।