रुसी विपक्षी नेता नाभाल्नी कारागारमै आमरण अनसनमा

१९ चैत्र २०७७, बिहीबार ०८:५८ मा प्रकाशित

रुसी विपक्षी दलका नेता अलेक्सी नाभाल्नीले कारागारमै आमरण अनसनको घोषणा गर्नुभएको छ । आफ्नो स्वास्थ्य बिग्रिएपनि उचित उपचारको व्यवस्था नभएको भन्दै नाभाल्नी अनसनमा बस्नु भएको बीबीसीले जनाएको छ ।

कम्मर र गोडामा समस्या भएपनि उपचारको व्यवस्था नभएको भन्दै उहाँले कारागार प्रशासनको आलोचनासमेत गर्नुभएको छ । ४४ वर्षिय नाभाल्नी गत अगस्टमा जर्मनीबाट फर्किएलगत्तै कारागार चलान गरीएको हो ।

नाभाल्नीलाई राजधानी मस्कोनजिकै रहेको कारागारमा राखिएको छ । तर कारागारका सुरक्षा अधिकारीहरुले भने नाभाल्नीले उपचार गर्न अस्वीकार गरेको दावी गरेका छन् । नाभाल्नीको आरोपको सरकारी अधिकारीहरुले समेत अस्वीकार गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कडा आलोचक नाभाल्नीलाई गत महिना एक अपहरणको मुद्दामा दुई वर्ष ८ महिनाको काराबास सजाय सुनाइएको थियो ।

यता विभिन्न मानवअधिकारवादी संस्थाहरुले भने नाभाल्नीका लागि तोकिएको सजाय राजनीतिक प्रतिशोधका कारण भएको भन्दै पुटिन सरकारको आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।