युवती बलात्कारको आरोपमा बनका तीन कर्मचारी पक्राउ

२१ भाद्र २०६९, बिहीबार १६:४६ मा प्रकाशित

काठमाडौं, २१ भदौ । बलात्कारको अभियोगमा बीरगञ्ज प्रहरीले जिल्ला वन कार्यालय पर्साका तीन युवकलाई पक्राउ गरेको छ । उनीहरुमाथि एक दलित युवतीलाई बलात्कार गरेको अभियोग लगाइएको छ ।
पक्राउ पर्नेमा बिरुवागुठी गाविस ६ बडनियारका २८ वर्षीय लक्ष्मण श्रेष्ठ, २५ वर्षीयसन्दीप गुरुङ र २५ वर्षीय जुम्ल मियाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरु जिल्ला वन कार्यालय पर्साद्वारा गठित वन नाका संरक्षण समितिका सदस्य समेत हुन् । वनमा शौच गर्न गएका बेला एक्लै भएको मौका छोपी गत शनिबार राति तीनैजनाले बिरुवागुठी गाविस ६ बडनियारकी एक युवतीलाई बलात्कार गरेको पीडित युवतीको किटान जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले जानकारी गराए ।
यसैबीच काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०६८र०६९ मा भएका आठ हजार ९४६ सवारी दुर्घटनामा १ सय ४८ जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी महाशाखाबाट प्राप्त तथ्याङ्कअनुसार सो अवधिमा भएका दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा १०२ जना पुरुष, ३२ जना महिला, १३ जना बालक र एक जना बालिका रहेका छन् ।
महाशाखाले गत आर्थिक वर्षको अवधिमा सात लाख २६ हजार २४७ वटा विभिन्न प्रकारका सवारीधनीमाथि कारबाही गरी रु ११ करोड ३१ लाख ३० हजार ९१५ राजस्व सङ्कलन गरेको छ । महाशाखाका अनुसार गत आर्थिक वर्षको अवधिमा मङ्सिर १७ गतेदेखि मादक पदार्थ सेवन (मापसे० विरुद्धको अभियान सुरु गरिए अनुसार मादकपदार्थ सेवन गरी सवारी चलाउनेहरुबाट प्रति सवारीसाधन रु एक हजार जरिवाना असुल गर्न थालिएकाले राजस्वमा वृद्धि भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक

काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । बुधबार भएको कक्षा

खोटाङ । चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको