‘संघीयता विदेशीको इशारामा’ : चित्रबहादुर केसी

२१ भाद्र २०६९, बिहीबार १६:०७ मा प्रकाशित

चितवन, २१ । नेपालका लागि संघीयता आवश्यक नरहेको र संघीयताले देशमा बिभाजनको रेखा कोर्ने वकालत गर्दै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाओवादी, मधेसवादी र जातिवादीको हठका कारण संविधान बन्न नसकेको बताएका छन् ।
राष्ट्रिय जनमोर्चा चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । केसीले एकल जातीय राज्य बनाउन नसकेपछि तीनै दलले अहिले बहुजातीय प्रदेशको पक्षमा वकालत गर्न थालेको बताए । उनीहरुकै कारण संविधान बन्न नसकेको भन्ने जनताले बुझिसकेको बताउँदै केसीले बहुजातीय प्रदेशका पक्षमा समर्थन नगरे पनि सकारात्मक धारणा राखे । केसीले भने, ‘एकल जातीयभन्दा बहुजातीय प्रदेश सकारात्मक छ ।’
उनले चार वर्षदेखि लगातार एकल जातीय राज्य चाहिन्छ भन्नेहरुले अहिले बहुजातीय भन्न थालेको बताउँदै जातीयताकै कारणले राष्ट्रलाई विखण्डनतर्फ लैजाने विचार व्यक्त गरे । एकात्मक राज्य प्रणालीअन्तर्गत विकेन्द्रीकरण गर्नुपर्ने राष्ट्रिय जनमोर्चाको अडानमा कुनै परिवर्तन नभएको पनि केसीले स्पष्ट पारे ।
सङ्घीयताका आधारमा जातीय राज्य माग्ने नेपालीको माग नभई विदेशीको इसारामा यस्तो कुरा आएको बताउँदै नेता केसीले भने,‘सङ्घीयताले राष्ट्रमा विकृति ल्याउने छ ।’
एमाओवादी र तराईका दलका बीचमा सत्ता लम्ब्याउनका लागि अपवित्र गठबन्धन भएको छ भन्दै उनले राजनीतिक सहमतिको विकल्प नरहेको बताए । शतप्रतिशत समय थप गर्दा समेत नबनेको संविधान संविधानसभा ब्यँुताएर बन्न नसक्ने नेता केसीको ठोकुवा थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका छन् । प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिकास्तरीय निर्वाचनमा नवलपरासीमा महामन्त्री डा.शशांक कोइराला र नेता देवेन्द्रराज कँडेलको वर्चश्व देखिएको छ ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लगिने तयारी भएको छ । लामो समयदेखि जण्डिस

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन