शिक्षकले बनाए स्कूटरमै लाइब्रेरी

१७ चैत्र २०७७, मंगलवार ०८:५९ मा प्रकाशित

गरीबीका कारण अनलाइन कक्षा लिन नसकेका विद्यार्थीहरुका लागि भारतमा एक शिक्षकले विद्यार्थीहरुका लागि आफ्नो स्कूटरमै लाइब्रेरी बनाएका छन् । विद्यार्थीलाई पुस्तक उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको स्कूटी लाइब्रेरीका कारण कोरोना महामारीले संसारभर बालबालिकाहरु विद्यालय जान नपाइरहेको विद्यार्थीलाई पढ्न सहज भएको छ ।

सहरी भागमा रहेका विद्यार्थीहरु इन्टरनेटको माध्यमबाट कक्षा लिएपनि ग्रामिण भागमा विद्यार्थीहरु शिक्षाबाट बञ्चित हुने गरेका छन् ।

ग्रामिण विद्यार्थीहरुको पढाई नबिग्रियोस् भनेर भारतको मध्य प्रदेशको सागर जिल्लामा गरीब बालबालिकाहरुका लागि ती शिक्षिकले स्कूटरमै पुस्तकहरु लिएर हिँड्न थालेका छन् । एक सरकारी स्कूलका शिक्षक सीएच श्रीवास्तवले आफ्नो स्कूटरमा मोबाइल लाइब्रेरी खडा गरेका हुन् । यो लाइब्रेरीमा बालबालिकाका कोर्स सम्बन्धी र अन्य आवश्यक किताबहरु रहेका छन् । बालबालिका यो लाइब्रेरीबाट फाइदा उठाइरहेका छन् भने मन लगाएर पढ्ने गरेको शिक्षक श्रीवास्तव बताउँछन् ।

शिक्षक श्रीवास्तव भन्छन्, ‘यो लाइब्रेरीको प्रयोग गर्ने धेरैजसो बालबालिका गरीब परिवारका छन् । आर्थिक अभावका कारण उनीहरु मोबाइल फोन र ल्यापटप किन्न सक्दैनन् । कोरोना महामारीका कारण ती बच्चाहरुको पढाईमा धेरै नै असर पुगेको छ । यही सोचेर मैले बालबालिकाले आरामले पढ्न सकून भनेर सानो लाइब्रेरी बनाको हो ।’

एनका अनुसार उक्त लाइब्रेरीमा बालबालिकाका कोर्सका अतिरिक्त कथाहरु, कबिताहरु ल्गायतका पुस्तकहरु पनि रहेका छन् । शिक्षक सीएच श्रीवास्तवको यस कार्यको चौतर्फी प्रशंसा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने

सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र

हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा रहेको टेलिफोन सेवाले पछिल्लो समय काम गरेको छैन । गाउँमा टेलिफोनले काम

एक व्यक्तिले ढुँगा बेचेरै करोडौँ कमाई रहेका छन् । आकाशबाट धर्तीमा खस्ने उल्कापिन्डलाई जम्मा गरेर अमेरकी माइक फार्मरले करोडौं रुपैयाँ