घाइते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालक पक्राउ

१७ चैत्र २०७७, मंगलवार ०८:४२ मा प्रकाशित

स्याङ्जा । स्याङ्जामा सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार चालक अमित परियार पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको टोलीले रूपन्देही वेलहिया नाकाबाट यही चैत १३ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

श्रीमती र छोरी सहित भारततर्फ भाग्न लागेको अवस्थामा प्रहरीले रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो । चालकको दायाँ–बायाँ बसेका मध्ये बायाँपट्टी बसेका सह–चालक गाहा ट्याक्टरबाट खसी घाइते भएकोमा चालक परियार र सहचालक रानाले सोही ट्याक्टरमा राखी कागीण्डकी साँखरघाटमा लगि नदीमा बगाएको प्रहरीले जनाएको छ ।

यसअघि गत चैत्र ८ गते अर्को सहचालक सुनिल राना पक्राउ परेका थिए । प्रहरीले घटनास्थलबाट मृतकको १ जोर चप्पल र रगत लागेको ढुंगा बरामद गरेको थियो ।

चैत्र ५ गते अस्थायी नं लु.अ.अ.फ १०१२ नम्बरको ट्याक्टर चालक गल्याङ ८ बंग्रान्तीका २७ वर्षीय चालक अमित परियार, सहचालक २१ वर्षीय सुनिल राना र १९ वर्षीय गणेश गाहाले साँखरबाट बालुवा लिएर राति फर्कने क्रममा गाहा ट्याक्टरबाट खसेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले

काठमाडौं । तोकिएको स्वास्थ्य मापदण्डको पालना गरि प्रतिनिधि सभाको विशेष अधिवेशन गरिने भएको छ । कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा