नेपाली सेनालाई भारतीय सेनाको एक लाख डोज कोरोना खोप

१६ चैत्र २०७७, सोमबार ०९:१३ मा प्रकाशित

काठमाडौं । छिमेकी मुलुक भारतको सेनाले नेपाली सेनालाई कोरोनाविरूद्धको खोप सहयोग स्वरुप प्रदान गरेको छ । भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप सहयोग स्वरुप उपलब्ध गराएको हो । सैनिक जनसम्पर्क निर्देशनालयले जनाए अनुसार भारतीय सेनाले दिएको खोप आइतबार नेपाल आइसकेको छ।

सेनाले कोरोना महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई खोप उपलब्ध गराएको उल्लेख गरिएको छ। खोपको औपचारिक हस्तान्तरण भने केही दिनमा हुने कार्यक्रम रहेको छ।

नेपाल र भारतको सेनाबीच विशेष सम्बन्ध रहिआएको छ। दुबै देशका सेना प्रमुखले एक अर्काको देशमा महारथीको मानार्थ दर्ज्यानी चिन्ह आदान प्रदान गर्ने गर्छन । यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज खेप सहयोग स्वरुप उलब्ध गराइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले

काठमाडौं । तोकिएको स्वास्थ्य मापदण्डको पालना गरि प्रतिनिधि सभाको विशेष अधिवेशन गरिने भएको छ । कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा