नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिवेशन सम्पन्न

२१ भाद्र २०६९, बिहीबार १३:४३ मा प्रकाशित

काठमाडौं, २१ भदौ । नेपाल पत्रकार महासंघको युरोप शाखाको प्रथम अधिवेशन फ्रान्सको पेरिसमा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । महासंघको केन्द्रीय अध्यक्ष शिव गाउँलेको उपस्थितीमा गत आइतवार भएको प्रथम अधिवेशनले महेश थापाको नेतृत्वमा युरोप शाखा नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मतिबाट चयन गरिएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष लक्ष्मण देवकोटा, उपाध्यक्षद्धय केजेन राई र पुष्प वरुवाल, महासचिवमा प्रकाश ढकाल, सहसचिवमा जंगम खड्का र कोषाध्यक्षमा अनुराधा पौडेल रहनु भएको छ । यसैगरी सदस्यहरुमा निराजन श्रेष्ठ, टेक नेपाली, सरस्वती कार्की, बिनोद घिमिरे, विनोद खकुरेल, दिपज्योती पौडेल रहेका छन् भने पार्षदमा ओम शर्मा, डिल्लीराम अमाई, सुर्दशन सिमखडा, भीम केसी र बाबुराम भुसाल रहेका छन् ।
अधिवेशनमा वोल्दै फ्रान्सका लागि नेपाली राजदुत मोहनकृष्ण श्रेष्ठले पत्रकारहरुले समाज परिवर्तन गर्न सक्ने क्षमता राख्ने तर मयार्दित रुपमा कलम चलाउनु पर्ने वताउनु भयो । बीबीसी नेपाली सेवाका पत्रकार भगिरथ योगी, वेलायतमा कार्यरत वरिष्ठ पत्रकार शशी पौडेल, पत्रकार महासंघ वेलायतका वरिष्ठ उपाध्यक्ष चिरण शर्मा लगायतका वक्ताहरुले पत्रकारले जिम्मेवारीलाई मनन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको