धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली

१५ चैत्र २०७७, आईतवार १५:०२ मा प्रकाशित

लन्डन । बेलायतका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेका छन् । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ ।

ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन छन् । उक्त ट्रष्टले संसारका ७८ देशमा करिब ८ सय बढी स्वास्थ्यकर्मी र विज्ञबाट परामर्श दिइरहेको छ । स्वीनफेन च्यारिटीको संरक्षक प्रिन्सेस आन छन् ।

धादिङको विकट रुबी भ्याली, गंगाजुमना, खनियाबास र नेत्रावती डेम्बजोङ गाउंपालिकामा टेलिमेडिसिन सेवा 
लैजाने सम्बन्धमा शनिबार सरोकारवाला व्यक्तिहरुसंग गहन छलफल भएको छ ।

एनआरएनए यूकेको पहल र आइसीसी सदस्य रामशरण सिम्खडाको संयोजनमा आयोजित उक्त छलफल कार्यक्रममा ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन, सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन, धादिङका संघीय सांसद खेम लोहनी, 
प्रदेश सांसद जगतबहादुर सिम्खडा, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, पर्वत फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्मा, स्वीनफेन च्यारिटेबल ट्रष्टका ट्रष्टीहरु क्याथरिन डेभिस, मेजर ह्यू बार्डेल, धादिङ नुवाकोट समाज यूकेका अध्यक्ष सिबी तामाङ, महासचिव धन तामाङ, सल्लाहकार मेजर विष्णु घले, अन्तरराष्ट्रिय धादिङ समाजका अध्यक्ष एनके अर्याल, वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ, महासचिव प्रमोद भट्ट, डा. भरत सिम्खडा, डा. इन्दिरा रेग्मी लगायत सहभागी थिए ।

छलफलपश्चात रामशरण सिम्खडाको संयोजकत्वमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, लेफ्टिनेन्ट चन्द्र गुरुङ, धादिङ नुवाकोट समाज यूकेका धन तामाङ र अन्तरराष्ट्रिय धादिङ समाजका वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ सदस्य रहेको एक स्टेरिङ कमिटी बनाइएको छ । उक्त कमिटीमा संघीय सांसद खेम लोहनी, प्रदेश सांसद जगत बहादुर सिम्खडा र प्राध्यापक पदम सिम्खडा सल्लाहकार छन् ।

एक साताभित्रै स्टेरिङ कमिटीको बैठक बसेर कार्ययोजनासहित यथासक्य सेवा शुरु गर्ने लक्ष्य रहेको संयोजक सिम्खडाले बताए ।

सम्बन्धित क्षेत्रमा विद्युत, मोबाइल, कम्प्युटर, इन्टरनेट लगायतका आवश्यक आधारभूत पूर्वाधारहरु तयार भएलगत्तै सेवा सञ्चालन गर्ने योजना बनाइएको छ ।

कार्यक्रममा सांसदहरुले नेपाल सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका थिए । धादिङको उत्तरी भेगका अन्य गाउंपालिकामा पनि सेवा लैजान आग्रह गर्दै जनप्रतिनिधिले भौतिक संरचनाको जिम्मा आफूहरुले लिने बताएका छन् ।

स्वीनफेनको टेलिमेडिसिन सेवा नेपालमा पहिलोपटक पर्वतको चार भञ्ज्याङ क्षेत्रमा सेवा ८ वर्षदेखि सुचारु छ । नेपालका अरु केही ठाउंमा पनि स्वीनफेनको यो सेवा उपलब्ध छ ।

कार्यक्रममा चारभञ्ज्याङ तमु समाजका सल्लाहकार मेजर कृष्ण गुरुङ, क्याप्टेन देउ गुरुङ, तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङले आफ्नो प्रोजेक्टबारे अनुभव सांटेका थिए । सो अवसरमा पर्वत फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले पनि अनुभव सुनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न