नेपाली ‘टुरिष्ट’लाई खाडी मुलुक प्रतिबन्ध

२१ भाद्र २०६९, बिहीबार १३:२४ मा प्रकाशित

काठमाडौं, २१ भदौ । युरोप, अमेरिका र अन्य बिभिन्न मुलुकमा पठाउने भन्दै मानवतस्करहरुले नेपाली कामदारलाई भिजिट भिषामा खाडी मुलुकहरुमा पुर्‍याउने र अलपत्र पार्ने क्रम बढेपछि टुरिष्ट भिषामा नेपाली नागरिकहरुलाई खाडी मुलुकहरुमा जान प्रतिबन्ध लगाइएको छ । पछिल्लो समयमा यस्ता घटनामा अत्याधिक वृद्धि भएपछि अध्यागमन बिभागले टुरिस्ट भिषामा प्रतिबन्ध लगाएको हो । केही समय प्रतिबन्ध लगाएर त्यसको प्रभाव अध्ययन गरिने बिभागका महानिर्देशक सुरेश अधिकारीले जनाएका छन् ।
हरेक दिन खाडी मुलुकमा जाने नेपालीमध्ये करिव १० देखि १५ प्रतिशत टुरिष्ट भिषामा जाने गरेका छन् । उनीहरुलाई इराक, अफगानिस्तान, मकाउ, अमेरिका तथा युरोपेली मुलुक पठाउने भन्दै मानव तस्करहरुले लैजाने गरेका बताइन्छ। यो निर्णयबाट युएई, कतार, साउदी अरव, कुवेत, ओमान, बहराइन लगायतका मुलुकमा जाने नेपालीहरु प्रभावित हुनेछन् ।
मानव तस्करहरुले भारतीय बिमानस्थल हुँदै नेपाली कामदारहरुलाई खाडी मुलुक लैजाने गरेपनि नेपाल सरकारको अनुरोधमा त्यहाँको प्रशासनले नेपालीलाई टुरिष्ट भिषामा यात्रा गर्न कडाई गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने