६० हजार भुटानी शरणार्थी पुगे अमेरिका

२१ भाद्र २०६९, बिहीबार १३:१२ मा प्रकाशित

काठमाडौं, २१ भदौ । अमेरिकामा पुनर्बसोबासमा जाने भुटानी शरणार्थीको संख्या ६० हजार पुगेको अमेरिकी दूतावासले जनाएको छ । दूतावासद्वारा जारी विज्ञप्ति अनुसार २८ वर्षिया महिला पुनर्वासमा जाने ६० हजारौं शरणार्थी बनेकी छन् । श्रीमान् र छोरीसहितको उनको परिवारले ओहायो राज्यको कोलम्बस सहरमा नयाँ जीवन सुरु गर्दैछ ।
शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको कार्यालय र अन्तर्राष्ट्रिय आप्रवासी संगठनसँगको सहकार्यमा अमेरिकाले पूर्वी नेपालका भुटानी शरणार्थीलाई सन् २००७ देखि पुनःस्थापना गर्न सुरु गरेको हो । अस्ट्रेलिया, क्यानडा, नेदरल्यान्ड्स, डेनमार्क, नर्वे, न्युजिल्यान्ड, र संयुक्त अधिराज्यले संयुक्तरूपमा यस बाहेक अन्य ११ हजार शरणार्थीलाई पुनःस्थापना गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार