संविधान लेखनमा भएको ढिलाई प्रति राष्ट्रपतिको शिर्ष नेताहरुसँग असन्तुष्टि

४ चैत्र २०६८, शनिबार ११:५४ मा प्रकाशित

काठमाडौ, ४ चैत । शान्ति र संविधान लेखनको काम अवरुद्ध बनिरहेको बेला राष्ट्रपति डा. रामवरण यादवले आज प्रमुख चार दलका शीर्ष नेताहरूसँग परामर्श गर्नुभएको छ । दलहरू मुख्य काममा गम्भीर नभएको भन्दै राष्ट्रपतिले संयुक्त परामर्शका लागि आज बिहान शीर्ष नेताहरूलाई शितलनिवासमा बोलाउनुभएको हो । राष्ट्रपतिसँगको परामर्शका लागि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेस सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार शीतलनिवास पुग्नुभएको हो । निर्धारित समयमै शान्ति र संविधान लेखनको बाँकी सकिने गरी सहमति गरी अघि बढ्न राष्ट्रपतिले दलका नेताहरूलाई आग्रह गर्नुभएको छ । नेताहरूले अहिलेसम्म भएका कामका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । लडाकु समायोजनमा दलहरूबीच मतभेद हुँदा संविधान लेखनमा पनि परिरहेको असरप्रति राष्ट्रपति चिन्तित देखिनुभएको छ । यसअघि पनि राष्ट्रपतिले पटक पटक शान्ति प्रक्रिया र संविधान लेखनमा गम्भीर हुन नेताहरूको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ