अमेरिकाको मोस्ट वान्टेड सूचिमा रहेका नेपालीविरुद्ध मुद्दा दायर

अमेरिकाबाट फ्रड गरी रकम नेपाल पठाउने पंकज जोशीले सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरेको तथ्य पुष्टि भएपछि विभागले दुई करोड आठ लाख ८३ हजार दुई सय ४२ रुपैयाँ ७३ पैशा बिगो र जरिवानासहित मुद्दा दायर गरेको हो ।
१३ चैत्र २०७७, शुक्रबार १६:२८ मा प्रकाशित

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अमेरिकाको मोस्ट वान्टेड सूचिमा रहेका एक नेपाली विरुद्ध आज विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ ।

अमेरिकाबाट फ्रड गरी रकम नेपाल पठाउने पंकज जोशीले सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरेको तथ्य पुष्टि भएपछि विभागले दुई करोड आठ लाख ८३ हजार दुई सय ४२ रुपैयाँ ७३ पैशा बिगो र जरिवानासहित मुद्दा दायर गरेको हो ।

संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले ३० अक्टुवर, २००९ मा संयुक्त राज्य अमेरिका, स्टेट अफ टेक्ससविरुद्ध पंकज जोशी भएको फ्रड सम्बन्धी मुद्दामा जोशीले अमेरिकास्थित जेपी मोर्गन चेज बैङ्कबाट बैङ्क अफ काठमाडौँमा ट्रान्सफर गरी पठाएको भन्दै आवश्यक सहयोगका लागि पत्र पठाएको थियो । उक्त सूचनापछि दुई लाख ९० हजार डलर नेपाल पठाएका जोशीको विषयमा विभागले अनुसन्धान सुरु गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न