विप्लवको गोप्य चीन भ्रमण

२१ भाद्र २०६९, बिहीबार १०:५७ मा प्रकाशित


काठमाडौं, २१ भदौ । तीन महिनाअघि एकीकृत माओवादी फुटाएर नेकपा माओवादी गठन गर्न विषेश भूमिका निर्वाह गरेका माओवादी पार्टीका सचिव नेत्रविक्रम चन्दले गोप्य रुपमा चीन भ्रमण गरेको खुलासा भएको छ । पार्टीको दीर्घकालीन रणनीति तय गर्न आयोजना गरिएको केन्द्रीय समिति बैठक नै छाडेर चन्द तीन महिनाभित्र दोस्रोपटक गोप्य चीन भ्रमणमा निस्कनुलाई रहश्यका साथ हेरिएको छ । केही दिनअघि नै चिनियाँ नेताहरूलाई भेट्न बेइजिङ पुगेका पार्टी सचिव चन्दले कसको निमन्त्रणामा चीन भ्रमण गरेका हुन् भन्ने पार्टीभित्रै पनि रहश्यमा रहेको बुझिएको छ । स्रोतकाअनुसार चन्दले चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका सदस्यसहित केही विज्ञहरूसँग भेटवार्ता गरेका छन्।
केन्द्रीय सदस्य महेश्वर दाहाल र सहयोगी सुनील शर्माको साथमा जेठमा पहिलो चीन भ्रमण गरेका चन्दले यसपटक दाङका एकजना कार्यकर्ता मात्र साथमा चीन लगेका छन् । उनी भोली शुक्रबार स्वदेश फर्किंदै गरेको बुझिएको छ ।
पार्टी गठनलगत्तै अध्यक्ष मोहन वैद्यले पनि बेइजिङ पुगेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध जोड्ने प्रयास गरेका थिए।
पार्टी गठनअघि जेठ २१ बाट साता लामो गोप्य चीन भ्रमण गरेका चन्दले काठमाडौँ फर्केपछि क्षेत्रीय भूराजनीतिक परिस्थितिबारे चिनियाँ नेताहरूसँग छलफल गरेको जनाउँदै आफू संलग्न वैद्य समूहप्रति चीनको सद्भाव रहेको दाबी गरेका थिए। त्यसबेला बेइजिङमा उनले चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका सदस्य र नेपाल मामिलाविज्ञ प्रोफेसर वाङ होङवेसँग भेटवार्ता गरेका थिए। नयाँ पार्टी गठनलगत्तै चन्दले नेपाल चीन जनमैत्री समाजको आयोजनामा चिनियाँ राजदूत याङ होउलानलाई अतिथि बनाएर काठमाडौँमा नेपाल चीन सम्बन्धबारे कार्यक्रम पनि गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

वोगोटा । दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारगारमा दंगा सुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन् । अरु ३०

किभ । रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनको पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । क्रेमेन्चुक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

आजको प्रमुख समाचार