अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

१३ चैत्र २०७७, शुक्रबार ०८:१७ मा प्रकाशित

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । युरोपमा कोरोना भाइरससम्बन्धी नयाँ चरणको प्रतिबन्ध सुरु भएसँगै तेलको मूल्य ओरालो लागेको हो ।

मूल्य घट्नुको अर्को कारण स्वेज नहरमा आवागमन अवरुद्ध हुनु पनि रहेको अधिकारीहरुले बताएका छन् । स्वेज नहरमा एउटा कन्टेनर सिप अड्किएर मार्ग अवरुद्ध भएको छ । हिजो लन्डनस्थित आइसिई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ दशमलव ७ प्रतिशतले घटी ६३ डलर ३१ सेन्टमा आएको छ ।

वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल २ दशमलव १ प्रतिशतको कमीसहित ५९ डलर ९१ सेन्टमा झरेको थियो । विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानीको बाटो स्वेज नहरमा जहाज अड्किएर बाटो ठप्प भएको खबर सार्वजनिक पछि बुधवार भने दुबै बेञ्चमार्कको भाउ करीब ६ प्रतिशतले बढेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल