यौनवर्धक औषधिले लिंग क्षतिग्रस्त भएको भन्दै अदालतमा मुद्दा दायर

२१ भाद्र २०६९, बिहीबार १०:२२ मा प्रकाशित

काठमाडौं, २१ भदौ । न्युयोर्क (अमेरिका)का एड्रियन कार्टर नामक व्यक्तिले ‘व्रिलिस प्रो’ नामको यौनोत्तेजक औषधी सेवनपछि गरेको यौन सम्पर्कका कारण आफ्नो लिंग क्षतिग्रस्त भएको दाबी गरेका छन् । कार्टरले उक्त औषधी उत्पादक कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । उनको दाबी अनुसार एक वर्षअघि नै अमेरिकी सहर ह्युस्टनको एक मोटेलमा उनले उक्त यौनात्तेजक औषधी सेवन गरी सम्भोगक्रिया गरेका थिए । आफूले ‘व्रिलिस प्रो’ ह्युस्टनकै एक पेट्रोल पम्पमा किनेको पनि उनले जनाएका छन् । अमेरिकामा ‘व्रिलिस प्रो’ चक्कीका रुपमा पाइन्छ । ‘व्रिलिस प्रो’ ७२ घन्टासम्म लिंग उत्तेजित र कडा भैरहने उत्पादक कम्पनीको दाबी छ ।
टेक्सासमा बस्ने उनले आफ्नो लिंग क्षतिग्रस्त हुनुमा औषधी उत्पादक कम्पनीको यौनोत्तेजक औषधीलाई जिम्मेवार ठहरयाएका छन् । तर तीन यौन विशेषज्ञका अनुसार औषधीभन्दा पनि जथाभावी तरिकाबाट यौन सम्पर्क गर्दा मात्र लिंग क्षतिग्रस्त हुने बताएका छन् । २९ वर्षिय एड्रिनले ह्यारिस काउन्टीको अदालतमा दायर गरेको मुद्दामा उनले यौन सम्पर्क गरेको दिन बिहान शक्तिवद्र्धक यौनोत्तेजक औषधी सेवन गरेको उल्लेख गरेका छन् ।
यौन सम्पर्क गर्दा उनलाई सहिनसक्नु पीडा भयो । यौन सम्पर्कका बेला उनको लिंगबाट अत्यधिक रक्तश्राव भयो । उनको लिंगबाट निस्केको रगतको छिर्का तन्ना, भित्ताा र कोठाका ऐनामा समेत परयो । उनी यौन सम्पर्क छाडेर आंत्तिदै अस्पतालको आकस्मिक सेवातिर दगुरे ।
अस्पतालका आकस्मिक सेवामा रहेका डक्टरहरुले जांच गर्दा उनको लिंग क्षतिग्र्रस्त भएको पाए । कार्टरको मुत्रनली नै लिंगबाट छुट्टिएको छ । अहिले पिसाब फेर्न उनी क्याथेटरको सहायता लिन्छन् । उनको लिंग अब कहिल्यै उत्तेजित नहुने डक्टरले बताएका छन् ।
कार्टरले आफ्नो उजुरीमा ‘व्रिलिस प्रो’ उपभोक्ताका लागि हानिकारक भएको दाबी गरेका छन् । उनका वकिल मेलिसा मुरले भनिन्, ‘यौन सम्पर्क गर्दा उनको लिंगबाट निकै रगत निस्केको र उनलाई निकै पीडा भएको थियो ।’ मुरले बताए अनुसार कार्टरको लिंग सुन्नियो । सुन्निएको लिंगको आपतकालीन सल्यक्रिया गरी सबै छाला काटेर फाल्नु परेको उनले बताइन् । मुरले कार्टरको क्षतिग्रस्त लिंगको तस्बिर हेर्नु एक भयानक अनुभव रहेको पनि बताइन् ।
यौनोत्तेजक औषधी उत्पादक कम्पनीले भने ‘व्रिलिस प्रो’को कुनै साइड इफेक्ट नहुने बताएको छ । उसको वेवसाइटमा औषधी प्राकृतिक तत्वबाट उत्पादन गरिएको र युएस फुड एन्ड ड्रग एडमिनिस्टेरसनबाट प्रमाणित गरिएको उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो