आमाबुवाको विवाहमा छोरीको हर्कत

१३ चैत्र २०७७, शुक्रबार ०८:१३ मा प्रकाशित

सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र बनेकी छन् ।

विवाह दुई वर्षअघि भए पनि बेहुली युवतीले आफ्नो विवाहको भिडियो अहिले सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उनीहरूको विवाहमा छोरीले गरेका हरेक क्रियाकलाप अहिले भाइरल बनेको छ । अमेरिकाकी सारा विकम्यान नामक युवतीले नोभेम्बर २०१९ मा भएको विवाहको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिन् । भिडियोमा सारा र उनका पति स्टेजमा थिए ।

छोरी एली भने तल भुईँमा थिइन् । एलीको हर्कत देखेर त्यहाँ भएका मानिसहरु हाँसिरहेका थिए ।एली कहिले मुन्टो भुईंमा सुताउने त कहिले उठाउने क्रियाकलाप गरिरहेकी थिइन् ।

२३ महिनाको एलीलाई कसैले पनि वास्ता नगरेपछि सारा आफैँले गएर उनलाई बोकेर मञ्चमा गइन् । छोरीलाई बोकेरै उनले औँठी लगाइन् । उनीहरूको विवाहको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोलाई १ करोड ५० लाख भन्दा धेरैपटक हेरिएको छ । साराको अहिले एक छोरा पनि छ । उनी परिवारको हरेकजसो भिडियो इन्स्टाग्राममा राखिरहेकी हुन्छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)