खड्कामाथि ध्यान दिन बाके कांग्रेसको ज्ञापनपत्र

२१ भाद्र २०६९, बिहीबार १०:१४ मा प्रकाशित


काठमाडौं, २१ भदौ । नेपाली काङ्गे्रसका नेता खुमबहादुर खड्काका बारेमा पार्टी सक्रियताका लागि ध्यानाकर्षण गराउन बांकेका काङ्गे्रस नेता तथा कार्यकर्ताले पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । नेपाली कांगे्रस क्षेत्र नं. ३ का पार्टी सभापति माधव केसी ढकालले जनाएअनुसार नेपालगञ्जको बीपी चोकमा भेला भएका कांगे्रस नेता तथा कार्यकर्ताले हातमा कालोपट्टी बांधी विभिन्न नारा लगाउंदै जिल्ला पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । तीन सयभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी भएको उक्त जुलुसले कांगे्रस केन्द्रीय समिति सक्रिय हुनुपर्ने, नेता खड्कालाई न्याय हुनुपर्नेलगायतका नारा लगाएको थियो । ज्ञापनपत्रमा पार्टीको केन्द्रीय समितिले आफूले गरेको निर्णयअनुसार कार्यान्वयनमा उत्रन केन्द्रीय नेताहरूको ध्यानाकर्षण गरिएको छ । कार्यक्रममा बांके कांगे्रस क्षेत्र नं. २ का सभापति राजकुमार साहु, क्षेत्र नं. ४ का सभापति महेन्द्र मल्ल ठकुरी, क्षेत्र नं. ३ का सभापति माधव केसी ढकाल, नगर कांगे्रस सभापति प्रशान्त विष्ट, पूर्वसांसद कृष्णसिंह परियार, पार्टीका पूर्वसभापति गजेन्द्र हमाल, महासमिति सदस्यहरू तप्त पौडेल, राजकुमार वर्मा, तुल्सीराम थारूलगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो । पार्टी केन्द्रीय समितिले नेता खुमबहादुर खड्काको मुद्दामा सर्वोच्च अदालतबाट भएको फैसलामा पुनरावलोकन गर्न निर्णय लिएको भए पनि उक्त कार्यमा पार्टी नेतृत्व सक्रिय नभएकाले नेतृत्वलाई सक्रिय गराउन कार्यक्रम आयोजना गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको