विदेशबाट आउनेले १० दिन अनिवार्य क्वारेन्टीन बस्नुपर्ने

काठमाडौं उपत्यकामा पनि अनिवार्य मास्क लगाउन प्रशाशनले निर्देशन दिएको छ । यसैगरी होली लगायतका सांस्कृतिक एवं ऐतिहासिक पर्व सार्वजनिकस्थलमा मनाउन रोक लगाईएको छ । बढी भिडभाड हुँदा संक्रमण तिव्र गतिमा फैलिने भएकोले यो वर्ष पनि सार्वजनिकस्थलमा होली नमनाउन प्रशाशनले आग्रह गरेको हो ।
१२ चैत्र २०७७, बिहीबार ११:१८ मा प्रकाशित

काठमाडौं । कोरोना भाईरसको संक्रमण फेरी बढेसँगै देशभर उच्च स्वास्थ्य सतर्कता अपनाईएको छ । ठाउँठाउँमा प्रशाशनले आंशिक निषेधाज्ञा जारी गरेका छन् । भारतसँग सिमा जोडिएका शहरहरुमा विशेष सावधानी अपनाईएको छ । सिमा नाकामा स्वास्थ्य डेस्कलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

काठमाडौं उपत्यकामा पनि अनिवार्य मास्क लगाउन प्रशाशनले निर्देशन दिएको छ । यसैगरी होली लगायतका सांस्कृतिक एवं ऐतिहासिक पर्व सार्वजनिकस्थलमा मनाउन रोक लगाईएको छ । बढी भिडभाड हुँदा संक्रमण तिव्र गतिमा फैलिने भएकोले यो वर्ष पनि सार्वजनिकस्थलमा होली नमनाउन प्रशाशनले आग्रह गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमणको दर बढ्दै गएको अवस्थामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको बताउनुभयो । यस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिने क्वारेन्टीइन तथा आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्न भनिएको छ ।

विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोही अनुसार गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक