सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार निर्णय हुनेः मन्त्रालय

१२ चैत्र २०७७, बिहीबार ११:१० मा प्रकाशित

काठमाडौं । सरकारले कोभिड-१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताउनुभयो ।

“बन्दाबन्दी गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर सङ्क्रमणको सङ्ख्या उच्च हुन गएमा सरकारले परिस्थितिअनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने हुन्छ र सङ्क्रमणलाई भयावह रुपमा फैलिन नदिन हामी सबै सजग हुनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्नाले सङ्क्रमणको दर बढिरहेकोसमेत बताउनुभयो । “भीडभाड बढी हुनु, मास्कको प्रयोग नगर्नु, एक अर्काबीचको दूरी कायम नगर्नु, जुलुस, सभाजस्ता गतिविधि गरेकाले अहिले सङ्क्रमणको दर विस्तारै बढ्दै गएको छ”, उहाँले भन्नुभयो । कोभिड-१९ सङ्क्रमितको सङ्ख्या कमी आएको तर सङ्क्रमण जोखिम कम नभएको उहाँको भनाइ छ ।

उहाँले सधैँ साबुनपानीले हातधुन, भौतिक दूरी कायम राख्न र हातले नाकमुख छुनेजस्ता बानी हटाउनसमेत आग्रह गर्नुभयो । कोभिड-१९ को सङ्क्रमण बढ्दै गएपछि गत वर्ष हिजोकै दिनदेखि बन्दाबन्दी भएको थियो ।

अहिलेसम्म नेपालमा दुई लाख ७६ हजार २४४ सङ्क्रमति भएका छन् । यस्तै दुई लाख ७२ हजार ९७ हजार निको र तीन हजार १९ जना सङ्क्रमणका कारण निधन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल