विद्युत प्राधिकरणका दुई दर्जन कर्मचारी एकसाथ निलम्वनमा

२१ भाद्र २०६९, बिहीबार १०:०५ मा प्रकाशित


काठमाडौं, भदौ २१ । विद्युत ट्रान्सफर्मर खरिदमा गुणस्तरहीन सामान झिकाई भ्रष्टाचार गरेको भन्दै खरिदअघि निरिक्षणका लागि विदेश जाने झन्डै २ दर्जन कर्मचारीलाई नेपाल विद्यूत प्राधिकरणले निलम्बन गरेर कारबाही गर्ने भएको छ । चीनबाट ल्याइएको ट्रान्सफर्मरभित्र तामा हुनुपर्नेमा आल्मुनियम भेटिएपछि प्राधिकरण सञ्चालक समितिले त्यसको खरिद प्रक्रिया र गुणस्तर निरीक्षण गरेर ठीक रहेको प्रतिवेदन दिने सबैलाई कारबाही गर्ने तयारी गरेको हो ।
२०६२ सालपछि खरिद गरिएका विदेशी ट्रान्सफर्मरबाट बढी बिजुली चुहावट भएको, लोड धान्न नसक्ने, पड्किने लगायतका समस्या भएपछि छानबिन सुरु भएको थियो । सञ्चालक समितिका सदस्य कृष्णप्रसाद दुलालको संयोजकत्वमा गठन भएको छानबीन समितिले ट्रान्सफर्मर गुणस्तरहीन भएको उल्लेख गर्दै कर्मचारीमाथि कारबाही गर्नुपर्ने प्रतिवेदन दिएको थियो  ।
अहिलेसम्मको अध्ययनबाट २५ देखि ३० जना कर्मचारी अनुसन्धानको दायराभित्र परेको र उनीहरुलाई निलम्बन गर्न व्यबस्थापनलाई निर्देशन दिइएको अनुसन्धानमा संलग्न एक सदस्यले जानकारी दिए । गुणस्तरहीन ट्रान्सफर्मर बनाएर प्राधिकरणलाई बेच्ने कम्पनीसंगको कारोबार स्थगित गर्ने निर्णय पनि प्राधिकरणले गरेको छ । प्राधिकरणका सदस्य कृष्णप्रसाद दुलाल समितिले थाइल्यान्डको सहवन्त इलेक्ट्रिक लिमिटेड, चीनको सेनयाङ डोइजेङ इलेक्ट्रिसिटी, एसभीआर इलेक्ट्रिसिटी, हुवेइ सनलाइट र निग्बो एयुएक्स हाइटेक्नोलोजीसंग सबै कारोबार बन्द गर्ने निर्णय गरेको छ । यी कम्पनीहरुविरुद्ध क्षतिपूर्ति मुद्दासमेत दर्ता गर्ने तयारी प्राधिकरणले गरेको छ ।
चीनको हुवेई सनलाइट कम्पनीको ट्रान्सफर्मर खोलेर हेर्दा भित्र तामा हुनुपर्ने ठाउंमा आल्मुनियम भेटिएको थियो । गम्भीर लापरबाही र अनियमितता देखिएपछि संलग्न सबैलाई कारबाही गर्नुपर्ने निष्कर्षमा प्राधिकरण पुगेको हो । घटनालाई सात वर्षदेखि गुपचुप राखिएको र अहिले खुलासा भएपछि त्यतिखेरदेखिका उच्च व्यवस्थापनलाई समेत कारबाही गरी असुलउपर गर्नुपर्ने निश्कर्षमा प्रधिकरण पुगेको बताइएको छ । प्राधिकरणले चीन र थाइल्यान्डबाट २०६२ सालदेखि अहिलेसम्म ४ हजार ६ सय ५७ वटा ट्रान्सफर्मर किनेको थियो । स्रोतका अनुसार ती ट्रान्सफर्मरहरुको क्षमता सानो भए पनि बाहिर बढी क्षमताको स्टिकर राखेर प्राधिकरणलाई बेचिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा