नारायणकाजीसंग किन तर्सन्छन् बाबुराम ?

२१ भाद्र २०६९, बिहीबार १०:०० मा प्रकाशित


काठमाडौं, २१ भदौ । एमाओवादी पार्टीका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईसंग जुधाउने उद्देश्यले उच्च महत्वका साथ पार्टीमा भित्रयाएका नारायणकाजी श्रेष्ठ आफ्नै प्रधानमन्त्रीविरुद्धको प्रचारबाजीमा जुटेका छन् । गत वर्ष छिमेकी मित्रराष्ट्र भारतसंग बिप्पा सम्झौता गर्न प्रधानमन्त्री बाबुराम भट्टराईसंगै भारत पुगेका परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल फर्कनेबित्तिकै बिप्पा सम्झौता र प्रधानमन्त्रीको विरोध गरेका थिए । त्यसबेला पार्टी बैठकमा पनि श्रेष्ठले बिप्पाको कुरा उठाएर प्रधानमन्त्री भट्टराईलाई राष्ट्रघाती करार दिंदै तेजोबध गर्न कोसिस गरेका थिए । प्रधानमन्त्रीसंगै असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन इरान पुगेका परराष्ट्रमन्त्री श्रेष्ठले इरानबाट फर्कनेबित्तिकै प्रधानमन्त्री भट्टराईविरुद्ध अर्को प्रचारबाजी सुरु गरेका छन् । उनले भारतका प्रधानमन्त्री मनमोहन सिंहसंग बाबुराम भट्टराईले एक्लै भेटेको प्रचार परराष्ट्र मन्त्रालयकै नाममा विज्ञप्ति जारी गरेर सुरु गरेका छन् । नारायणकाजीको प्रवृत्ति र चरित्रलाई राम्ररी बुझेका प्रधानमन्त्री भट्टराईले भारतीय प्रधानमन्त्रीसंगको भेटका क्रममा आफूसंगै राख्न नचाहनु स्वाभाविक थियो । प्रधानमन्त्री तहको वार्तामा मन्त्री या अरू क–कसलाई राख्ने या नराख्ने भन्ने कुरा प्रधानमन्त्री स्वयम्को इच्छा र अधिकारभित्र पर्ने मानिन्छ । संगै भारत भ्रमणमा गएका मन्त्री नेपाल फर्किएपछि आफ्नैविरुद्ध लागेको घटना व्यहोरिसकेका डा. भट्टराईले नारायणकाजी श्रेष्ठलाई नराखीकन वार्ता गर्नु अस्वाभाविक होइन । त्यसैलाई निहुं बनाएर अहिले नारायणकाजीले प्रधानमन्त्रीको बद्ख्वाइं सुरु गरेका छन् । दुई मुलुकका प्रधानमन्त्रीबीचको वार्तालाई रहस्यमयी बनाएर उनी बाबुराम भट्टराईविरुद्ध माहौल बनाउन कस्सिएका छन् । यसरी आफ्नै मन्त्रिमण्डलमा बसेर आफैंविरुद्ध सक्रिय हुंदा पनि प्रधानमन्त्री भट्टराईले नारायणकाजीलाई कुनै कारबाही गर्न सकेका छैनन् । नारायणकाजी श्रेष्ठ पार्टी अध्यक्ष प्रचण्डको निर्देशन र सल्लाहबमोजिम चल्ने गरेको जानकारी पाएर उनीमाथि कारबाही गर्न प्रधानमन्त्री भट्टराईले आंट नगरेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको