भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै

गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा फेरि संक्रमण बढेको हो । भारतमा हालसम्म कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ भने संक्रमितको कुल संख्या १ करोड १७ लाखभन्दा बढी छ ।
११ चैत्र २०७७, बुधबार ०८:१० मा प्रकाशित

भारतमा कोरोना भाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि हुन थालेपछि नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले हिजो नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा ४७ हजार भन्दाबढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् भने झण्डै ३ सय जनाको हाराहारीमा कोरोनाकै कारण मृत्यु भएको छ ।

गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा फेरि संक्रमण बढेको हो । भारतमा हालसम्म कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ भने संक्रमितको कुल संख्या १ करोड १७ लाखभन्दा बढी छ ।

नयाँ निर्देशिका आगामी अप्रिल महिनादेखिदेखि कार्यान्वयनमा आउने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । देशभरी नै परीक्षणको दायरा बढाउने, खोप लगाउने अभियानसँगै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने वा सेनिटाइजर लगाउने लगायतका आधारभूत स्वास्थ्य सतर्कताहरू पनि पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल