घुम्न जाऊँ भन्नुको मतलब त्यही होइन र ? -नायिका विनिता बराल

२० भाद्र २०६९, बुधबार २३:४९ मा प्रकाशित

राजन घिमिरे, काठमाडौं । थोरै सिनेमा खेलेर पनि धेरै चर्चामा आउने नायिका हुन् विनिता बराल । उनले जम्मा दुईवटा सिनेमामा मात्र अभिनय गरिन्– चपलीहाइट र फुलस्टप । तर, अहिले कुनै पुरानी र स्थापित नायिकाभन्दा कम चर्चा छैन उनको । चपलीहाइटबाट नायिकाको भीडमा राम्रै हाइट बनाएकी विनिताको दोस्रो चलचित्र फुलस्टप शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यतिबेला उनलाई भन्न थालिएको छ कि फुलस्टप विनिता ।

० फुलस्टप नचलेको भए के हुन्थ्यो होला ?
– म कल्पना गर्न सक्दिनँ ।
० किन नि ?
– चपलीहाइट हिट भएपछि फुलस्टप झनै चल्नुपर्दथ्यो । चपलीहाइटको सफलतापछि मप्रति दर्शकहरूले बढी नै आशा राख्नुभएको थियो ।
० भनेपछि दर्शकको त्यो आशा पूरा भयो ?
– त्यही भन्नुपर्‍यो । फुलस्टपलाई मन पराइदिनुभयो । मेरो क्यारियरकै रिक्स थियो फुलस्टप ।
० फुलस्टप नचलेको भए विनिताको फिल्म क्यारियरमा नै फुलस्टप लाग्ने रहेछ, होइन त ?
– त्यो कुरामा त शङ्का नै छैन । फुलस्टपको सफलताले मेरो क्यारियर फुलस्टप लाग्नबाट जोगिएको छ ।
० फुलस्टप गर्ल भनेको के हो ?
– चपलीहाइट चल्दाखेरि मलाई मिडियाले नै चपलीहाइट गर्लको नाम दिएको थियो । अहिले फुलस्टप गर्लको नाम पाएकी छु । मलाई खुसी लाग्छ ।
० विनितालाई हट नायिका भन्छन् नि । के हो हट भनेको । विनितालाई छुँदा पोल्छ कि क्या हो ?
– छुँदा त पोल्दैन । मेरो चर्चा अनि एक्पे्रसनले गर्दा मलाई हट विनिता भन्नुभएको हो । यसमा मलाई आपत्ति छैन ।
० अनि सेक्सी नायिका भन्दा कस्तो लाग्छ नि ?
– सेक्सी हिरोइन भन्दा मलाई खुसी लाग्छ । सेक्सी भनेको नराम्रो होइन नि, यसमा त आकर्षण लुकेको हुन्छ ।
० सेक्सी भन्दा खुसी लाग्दा त कसैले सेक्सको प्रस्ताव राख्दा पनि आपत्ति छैन होला नि ?
– प्रस्ताव त राख्न सकिन्छ नि । तर, प्रस्ताव राख्नासाथ पाइहाल्ने चिज हो र त्यो । भन्नासाथ पाइहाल्ने हो भने सेक्सको महत्व कहाँ बढ्थ्यो र ? होइन त ?
० सेक्स प्रस्ताव राख्नेहरू त होलान् नि ?
– आम्मै ! किन नहुनु नि ? कति कति ।
० कसरी राख्छन् नि ?
– यसो भेटघाट गरौँ, घुम्न जाऊँ न भन्छन् । त्यसको मतलब त्यही त हो नि ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित

काठमाडौँ । इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले ‘जलेर खरानी’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मार्मिक

काठमाडौँ । पछिल्लो समय साङ्गीतिक बजारमा नेपाली लोक गीत सङ्गीतको चर्चा परिचर्चा ह्वात्तै बढेको छ । लोक तथा दोहोरी गीत