अब ‘वाह’ होइन ‘छ्या’

२० भाद्र २०६९, बुधबार २३:४८ मा प्रकाशित

राजन घिमिरे, काठमाडौं । बोली मीठो, व्यवहार पनि गजबकै अनि कुरा गर्दा मुस्कुराउनेजस्ता शालीन उपस्थिति नै गरिमा पन्त र सुमिना घिमिरेको पहिचान हुन् । सिनेमामा उनीहरूको कामको खासै चर्चा, हल्ला र उपस्थितिले अर्थ राख्दैन, तथापि यी दुईले फिल्म भने पाएको पाएकै छन् । सङ्ख्यात्मक रूपमा धेरै नै फिल्म पाए यिनीहरूले तर गुणात्मक भने यी दुईको पोल्टामा हात लाग्यो शून्य भयो ।
अभिनय क्षमता शून्य भए तापनि निर्माता, निर्देशकलाई आकर्षित गर्न सक्ने क्षमताका यी दुईको पनि यतिबेला कन्तविजोग नै छ । राम्रा ब्यानर, हिट निर्देशक र राम्रो कथा भएको सिनेमामा काम गर्दा पनि ‘वाह’ गर्न लायकको रिजल्ट दिन नसक्दा यी दुईलाई ‘वाह’ भन्ने फिल्म मेकरहरू यतिबेला ‘छ्या’ भन्न थालेका छन् । गोपीकृष्ण मुभिजले बनाएको थुप्रै सिनेमामा गरिमाले ‘एकल नायिका’को भूमिका पनि पाइन् तर ती चलचित्रको अवस्था ‘दिक्कलाग्दो’ नै भयो । अवसर त गरिमालाई नआएको होइन तैपनि उनी दर्शकप्रिय बन्न सकिनन् र अहिले गरिमालाई के छ त खबर भनेर सोधियो भने उनी भन्न गर्छिन्, ‘खासै केही छैन । नयाँ फिल्मतिर कुरा भइरहेको छ ।’ यो उनको रेडिमेड जवाफ हो ।
गोपीकृष्णजस्तो ब्यानर अनि शिव रेग्मीजस्ता सफल निर्देशकले बारम्बार दोहोर्‍याउँदा पनि दर्शकहरूको नजरमा दोहोर्‍याएर स्थापित हुन नसकेकी गरिमाको जस्तै हालतमा छिन् यतिबेला अर्की नायिका सुमिना घिमिरे । डान्स कल्चर समूहमा उफ्रँदा–उफ्रिँदै हिरोइन बनेकी सुमिना हिट जति चाँडो भइन् फ्लप पनि त्यति नै चाँडो भइन् । सुरुमा नै नेपाली सिनेमाका महानायक राजेश हमालको जोडी भएर काम गर्ने अवसर पाइन् उनले । तर, यो चलचित्रले उनको भाग्य कोर्न सकेन । यो चलचित्र थियो दुलही । यसमा शीर्ष भूमिकामा देखिएकी सुमिनालाई उनको व्यक्तिगत विवाहले पनि पछाडि धकेल्यो । ‘अगाडि ठिक्क पछाडि थुक्क भन्ने बानी नै अन्तत: सुमिनालाई घातक हुनसक्छ,’ सुमिनासँग काम गरेका भुक्तभोगीहरू यसै भन्छन् ।
सङ्ख्या मात्र बढाउने र हातमा आएजस्तै नछाड्ने प्रवृत्तिका कारण भीडमा गरिमा र सुमिना हराउँदै जान थालेका छन् बरु उनीहरूको अनुपातमा नयाँहरूले बाजी मार्न थालेपछि नामभन्दा पनि दामको पछाडि लाग्ने र क्षमताभन्दा सम्बन्ध र चाकडीको भरमा फिल्म पाउने प्रवृत्तिमा हुर्किंएका गरिमा अनि सुमिनाको यस्तै छ नयाँ खबर ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। कोरोनाका कारण ठप्प रहेको फिल्म प्रदर्शन दशैंबाट सुचारु हुने भएको छ । हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघले आइतबार

न्यूयोर्क । ‘मिस नेपाल युएस–२०२१’को ताज प्रतिक्षा शुक्लाले जितेकी छन् । न्यूयोर्कमा आयोजित फिनालीमा आफ्ना दश जना प्रतिस्पर्धीलाई पछि शुक्लाले

काठमाडौ। बलिउड अभिनेत्री कंगना रनावत कुनै पनि विषयमा बोल्न, कसैको आलोचना गर्न तथा तारिफ गर्न अघि सरिहाल्छिन् । सधैंजसो चर्चामा

काठमाडौं । अमेरिकामा बस्दै आएका बिरन भट्टराईको लगानीमा एउटा म्युजिक भिडियो निर्माण भएको छ । ‘सन्नी सन्नी’ बोलको सो भिडियोलाई