विदेशमा पुगेर पसिनाले कमाएको रकमबाट म्यादीमा एम्बुलेन्स

२० भाद्र २०६९, बुधबार २२:३२ मा प्रकाशित

बेलायत । बैदेशिक रोजगारीका लागि बिदेश पुगेका नेपालीहरुलाई आफ्नो जन्मभुमिप्रतिको मायाँ र जन्मभुमिका आफन्तहरुको सम्झनाले कतिसम्म पिरोल्दोरहेछ भन्ने कुरा म्याग्दीबाट बिदेश पलायन भएका म्याग्देलीहरुले गरेको उदाहरणिय कामले प्रस्ट पारेको छ ।

बैदेशिक रोजगार तथा बिभिन्न व्यापार व्यवसाय र अध्ययनको शिलशिलामा म्याग्दीदेखि बेलायत पुगेका म्याग्देलीहरुले म्याग्दीका कुनाकन्दरा र दुर्गम क्षेत्रका दाजुभाइ दिदिबहिनीहरु भरपर्दो यातायातका साधनको अभावमा उपचार पाउन नसकेको भन्दै एकैपटक तिनओटा एम्बुलेन्स लिएर म्याग्दी आएका छन् ।

बेलायतमा रहेका म्याग्देलीहरुले म्याग्दी जिल्लाका दरबाङ, बेनी र भुरुङतातोपानी क्षेत्रका बासिन्दाहरुका लागि ल्याएका तिनओटै एम्बुलेन्स रेडक्रस दिवसको अवसर पारेर मंगलबार रेडक्रस सोसाइटी बेनीलाई बिधिवत रुपमा हस्तान्तरण गरिएको छ ।

बिदेशीएका म्याग्देली दाजुभाइहरुले त्यहाँ पसिनासँग साटेको पैसाले आफ्नो गाउँमा एम्बुलेन्स दिएको खुशी म्याग्देलीहरुमा पनि कम खपिसाध्य भएन । त्यसैले त होला एम्बुलेन्स बिधिवत सुरु भएको खुशियालीमा स्थानीयबासीहरुले बाजागाजा र नाचगान गरि खुशीयाली मनाएका छन् ।

मंगलबार एम्बुलेन्स हस्तान्तरण कार्यक्रमका लागि बेलायतबाट मोना युकेका अध्यक्ष योगकुमार फगामी, मोना युकेका सल्लाहकारहरु योगेन्द्र क्षेत्री र राजु पुन सहितको एक टोली म्याग्दी आएको छ ।
मोना युकेका पदाधिकरी, नेपाल रेडक्रस सोसाइटी म्याग्दीका पदाधिकारी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी, बिभिन्न सरोकारवाला निकाय लगायतले संयुक्त रुपमा तिनओटा एम्बुलेन्सको पुजा गरेर एम्बुलेन्सको शुभारम्भ गरेका हुन् । एम्बुलेन्सको शुभारम्भ कार्यक्रममा बोल्दै मोना युकेका अध्यक्ष युकुमार फगामीले आफूहरु बेलायतमा रहेपनि हर क्षण जन्मभुमिको मायाँ र चिन्ताले सताउनेगरेका कारण म्याग्दीका गाउँसम्म पुर्याउनका लागि एम्बुलेन्स लिएर यहाँसम्म आएको बताए ।

उनले म्याग्देलीहरुले चाहे र अनुकुल वातावरण बनेमा आउँदा दिनहरुमा अन्य क्षेत्रमा पनि सहयोग गर्न मोना युके तत्पर भएको बताए । गत फागुनमा पश्चिम म्याग्दीको दरबाङ गाविसमा आयोजना गरिएको एक कार्यक्रममा एम्बुलेन्स हस्तान्तरणको घोषणा गरेको मोना युकेले सरकारी निकायबाट भन्सारमा समस्या सृजना गरेका कारण एम्बुलेन्स आउन ढिलाई भएको थियो ।

एम्बुलेन्स हस्तान्तरणपछि प्रतिकृया दिँदै मोना युकेका सल्लाहकार योगेन्द्र क्षेत्रीले तिनओटै एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी म्याग्दीको माताहतमा रहेर चल्ने जानकारी दिए । ‘हामी बिदेशमा भएपनि नेपाली दाजुभाई र बिशेषगरी म्याग्दीमा जन्मेको हुनाले हामीलाई त्यहाँ बसेपनि रातदिन यहाँको मायाँले सताइरहेको हुन्छ ।’ क्षेत्रीले भने,‘ त्यसैले होला हामि यहाँका दाजुभाइ, आमाबुवा र दिदिबहिनीहरु समयमा उपचार नपाएर अकालमा मृत्यु भएका खबर सुन्न नपरोस् भनेर यि एम्बुलेन्स लिएर यहाँसम्म आएका हौं ।’

उनले दुर्गम जिल्ला म्याग्दी त्यसमा पनि दुर्गममा उपचार नपाएर अकालमा ज्यान जानेगरेको अवस्थालाई मध्यनजर गर्दै बितरण गरिएका एम्बुलेन्स ति क्षेत्रमा पुग्ने अपेक्षा सहित बितरण गरिएको बताए । म्याग्दीमा सामाजिक क्षेत्रमा मात्रै नभएर उत्पादनमुलक क्षेत्रमा समेत मोना युके लगानी गर्न तयार भएको तर त्यसका लागि अनुकुल वातावरण हुनुपर्ने उनिहरुको भनाई छ ।

एम्बुलेन्सको औपचारिक शुरुआतमा म्याग्दीका बिभिन्न विद्यालयका विद्यार्थी सहित गाउँगाउँबाट आएका सर्वसाधारणहरुले बृहत प्रभातफेरी निकालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय