काग्रेस प्रचण्ड पुत्र प्रकासलाई दुई करोड दिने सरकारको निर्णयको विरोधमा आन्दोलित

४ चैत्र २०६८, शनिबार ११:५२ मा प्रकाशित

चितवन, ४ चैत । सगरमाथा आरोहणका लागि माओवादी अध्यक्ष प्रचण्ड पुत्रसहितको टोलीलाई दुई करोड दिने सरकारको निर्णयको विरोधमा नेपाली कांग्रेस चितवन विरोधमा उत्रिएको छ । विरोध स्वरुप नेपाली कांग्रेस चितवनले आज पूर्वी चितवनको सौराहामा आधा घण्टा सडक अवरुद्धसमेत गरेको छ । उनीहरुले विहान साँढे ८ बजेदेखि आधा घण्टा सडक अवरुद्ध गरेका हुन् । राज्यकोषबाट सगरमाथा आरोहणका लागि रकम उपलव्ध गराउनु आपत्तिजनक भएकाले यसको विरोधमा शशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । मन्त्रीपरिषदले गरेको निर्णय फिर्ता लिन पनि उनीहरुले सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा