
काठमाडौं, २० भदौ । लण्डन मेट्रोपोलिटन युनिभर्सिटीलाई बेलायतको युनाइटेड किङडम बोर्डर एजेन्सीले विदेशी विद्यार्थीहरु पढ्न नपाउने गरी कारवाही गरेपछि विचल्लीमा परेका ५ सय नेपाली विद्यार्थीहरु मध्ये २ सय विद्यार्थीहरुलाई बेलायतमै रहेको साउथ लण्डन कलेजले भर्ना लिने भएको छ ।
बेलायतमा उच्च शिक्षा र डिग्री हासिल गर्ने सपना बोकेर लण्डन मेट्रोपोलिटन युनिभर्सिटीमा अध्ययन गरिरहेका ५ सय नेपाली विद्यार्थीहरु मध्ये २ सय विद्यार्थीहरुलाई विषेश सहुलियतमा भर्ना लिई पठनपाठनको व्यवस्था मिलाउन कलेज व्यवस्थापन तयार भएको बुधवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
पत्रकार सम्मेलनमा साउथ लण्डन कलेजले समस्यामा परेका बांकी तीन समय विद्यार्थीहरुलाई अन्य कलेजमा सार्ने र भर्ना प्रकृयाका लागि सहयोग गर्ने, विद्यार्थीहरुबीच छलफल गर्दै रहने र कानुनी सहयोगको लागि व्यवस्थासमेत मिलाउने जानकारी कलेजका प्रबन्ध निर्देशक राजन कंडेलले दिए ।
प्रबन्ध निर्देशक कंडेलले भने– म एक हप्तापछि लण्डन फर्केपछि समस्यामा परेका पाँच सय नेपाली विद्यार्थीहरुमध्ये दुई सयलाई आप्mनै कलेजमा भर्ना प्रकृया अगाडि बढाउँछु र बाँकी विद्यार्थीहरुलाई लण्डनमै रहेका अन्य कलेजहरुमा सार्ने व्यवस्था मिलाउन एनआरएनसँग सल्लाह गरी पहल गर्ने छु । नेपालस्थित द ब्रिटिस कलेजका प्रिन्सिपल डेभिड ब्राईसले नेपाल फर्कन चाहने विद्यार्थीहरुलाई बेलायतकै गुणस्तरमा स्थापना भएको नेपालस्थित ब्रिटिश कलेजमा पढाई जारी राख्न आग्रह गरे ।
उनले भने– ‘बेलायतकै गुणस्तरमा र शिक्षा कुनै सम्झौता नगर्ने राम्रा विश्वविद्यालयहरुसँग सम्बन्धन लिई बेलायतमा साउनथ लण्डन कलेज र नेपालमा द ब्रिटिस कलेजको स्थापना गरिएको हो ।’
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका
काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।
काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा
नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच