अमेरिकामा नेपाली सस्थाहरूको महासंघ बन्ने

२० भाद्र २०६९, बुधबार २२:२९ मा प्रकाशित

मणी नेपाली, अमेरीका । आठौं अन्मा नासा संयुक्त सम्मेलन पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा आतिथ्यमा ३ दिनसम्म बिभिन्न रोचक कार्यक्रम सहीत भव्य रुपमा सम्पन्न भएको छ। सो सम्मेलनमा अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्मा, बिभिन्न लब्ध प्रतिष्ठित व्यक्तिवहरू लगायत झन्डै ३० राज्यहरुबाट सहभागिता रहेको बिशेष सुत्रले जनाएको छ। अगस्त ३१, २०१२ देखि सेप्टेम्बर २ सम्म सम्पन्न सो संयुक्त सम्मेलनमा अमेरिकामा रहेका नेपाली संघ सस्थाहरूको एक महा संघ बनाउने ऐतिहासिक निर्णय भएको छ। महासंघ अवधरणा सम्भावना र चुनौती सम्बन्धी व्यापक छलफल पस्चात ए एन ए फेडेरेसन काउन्सिल कासंयोजक सिमोन ढुङाना, अन्माका अध्यक्ष राजेन्द्र खतिवडा, नासाका अध्यक्ष सन्जीव सापकोटा, नेपाल् विश्व सहयोग संघका अध्यक्ष मणी नेपाली पनेरु तथा वानाकी अध्यक्ष उमा कार्की थापाले घोषणापत्रलाई पुर्णता दिए पछी प्रस्तावित महासंघ बनाउने संकल्पपत्रमा हस्ताक्षर भएको छ।

सो प्रयोजनको लागि राजेन्द्र खतिवडाको सँयोजकत्वमा एक तयारी समितिको गठन गरिएको छ जसमा ए एन ए का छेवाङ शेर्पा, नेपाल विश्व सहयोग संघका मणी नेपाली पनेरु, नासाका लीला बहादुर कार्की, वानाकी उमा कार्की थापा, एन आर एन का अन्जन श्रेष्ठ, ए एन ए फेडेरेसन काउन्सिलका सिमोन धुङाना, नेपाली वोमेन ग्लोबल नेट वर्कका बिष्णु कुमारी थापा तथा मिडिया प्रतिनिधी गोविन्द गिरी प्रेरणा सदस्य रहनु भएको छ । सो तयारी समितीले व्यपक सहभागितामुलक ढङबाट यसको उपाद्यता, सहभागिता, कार्य क्षेत्र उद्देश्य र कार्यक्रमबारे अध्ययन अनुसन्धान तत्कालै सुरु गर्ने छ र त्यसको लागि आव्श्यक उपसमितीहरू बनाई तत्काल कार्य सुरु हुने संयोजक राजेन्द्र खतिवडाले बताउनु भयो।

प्रस्तावित अमेरिकन फेडेरेसन अफ नेपाली अर्गनाईजेसनका संयोजक राजेन्द्र खतिवडाले महासंघको उपाद्ययता सम्भावना र चुनौती बारे एक प्रभावशाली प्रस्तूती गरेपछी सहभागी प्राय सम्पुर्ण संघसस्थाका नेत्रित्व एवम् प्रतिनिधिहरूले त्यसको समर्थन गरेका छन् । अमेरिकाका बिभिन्न राज्यहरुमा नेपाली संघ सस्थाहरूले नेपाली समुदायको लागि राम्रो सेवा पुर्याईरहे पनि अमेरिकाको राष्ट्रिय स्तरमा हुने नेपालीहरूको साझा मुद्दाको सम्बोधन नभएको व्यापक जनगुनासो आएकोले बिगत २००८ देखी बिभिन्न प्रभावशाली संघ सस्थाहरूले महासंघको प्रस्तावना गरेका थिए। बिशेष गरेर ए एन ए, नेपाल विश्व सहयोग संघ र नासा अन्मा तथा वानाका नेत्रित्व पंक्तीले महा संघको अवधारणा अघि सारेकोमा अहिले सवै प्रस्तावकहरू एकै थलो आई अन्य प्रभवशाली संघ सस्थाहरूसँग समेत समन्वय गरी एक प्रभावकारी र ससक्त महासंघ बनाउने सन्कल्प सहित प्रस्तावनामा हस्ताक्षर गरेका छन ।

सो घोषणा सभामा प्रस्तुति गर्ने कार्यक्रम भए पनि ए एन ए फेडेरेसन काउन्सिल संयोजक सिमोन ढुङानाले समयाभावको कारणले प्रस्तूती गर्न नपाउनु भए पनि उहाँको प्रस्तूतीमा उल्लेख भएका कुराहरूको सम्मान गरिएको थियो। सो सभामा एन आर एन एन सी अफ यु एस ए का अधक्ष प्रल्हाद के सी, प्रस्तावित महासंघ तयारी समितीका संयोजक राजेन्द्र खतिवडा, नासाका पूर्व अध्यक्ष राजा घले, पश्चिम अमेरिका नेपालली महासंघ को अध्यक्ष उमा कार्की थापा, नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु, एन आर उत्तर अ मेरिकाका संयोजक मुकेश सिंह, सुप्रशिद्द कानून व्यवशायी तथा समाज सेवी गिरिजा गौतम, नेपाली वूमेन ग्लोबल नेट् वर्क की अध्यक्ष बिश्णु कुमारी थापा, फ्लोरिडा नेपाली असोसियसनकी अध्यक्ष अर्चना कट्टेल लगायतका वक्ताहरूले बोल्नु भएको थियो। सो सभाको सन्चालन विश्व परिक्रमाका सम्पादक तथा प्रशिद्द पत्रकार एवम् कवी गोविन्द गिरी प्रेरणाले गर्नु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र