‘प्रचण्डले माओवाद छोड्लान् तर महल छोड्ने छैनन्’

२० भाद्र २०६९, बुधबार २२:२० मा प्रकाशित


काठमाडौं, २० भदौ । बोलेका कुरा कहिल्यै पूरा नगर्ने नेताका रूपमा ‘नेपाल कृति’ कायम गर्नुभएका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कीर्तिमा पछिल्लो समय अर्को नयांं कीर्ति थप गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गत महिना राजधानीमा सम्पन्न पार्टीको सातौ“ विस्तारित बैठकमा सहभागी कार्यकर्ताद्वारा आफ्नो जीवनशैलीबारे चर्को आलोचना भएपछि आफू बस्दै आएको महल छाडेर राजधानीकै कुनै झुपडी घरमा बस्ने प्रतिज्ञा गर्नुभएको थियो । तर, यो प्रतिज्ञा गरेको डेढ महिना हुन लाग्दा पनि घर सर्ने कुनै सुरसार गरेका छैनन् । यत्तिका समय बित्दा पनि उहांले नयां घर खोजेर सर्ने कुनै सुरसार नगरेपछि विस्तारित बैठकमा उर्लिएको कार्यकर्ताको आक्रोशलाई थामथुम पार्नका लागि मात्र घर सर्ने वाचा गरेको देखिएको छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झुपडी खोजिरहेको भन्दै महलमा दिन बिताइरहेका छन् । आफूले भनेजस्तो घर नपाएको भन्दै उनले लाजिम्पाटस्थित करोडौं मूल्य पर्ने घरलाई ‘झुपडी’ सम्झेर बसिरहेका छन् । स्रोतका अनुसार प्रचण्डले नयां घर खोजेकै छैनन् । उनका सहयोगीहरूले घर खोज्ने कि नखोज्ने भन्नेबारे प्रचण्डसंग निकै अघि सल्लाह गर्दा उनले तत्काल नयां घर खोज्ने कामलाई स्थगन गरी अन्य कार्यलाई नै प्राथमिकतामा राख्न भनेपछि घर खोज्ने कार्य तत्कालका लागि पछि सरेको हो । स्रोतले भन्यो, ‘सांच्चिकै लाजिम्पाटको महल छाडेर पुरानो घरमा सर्न खोजेका थिए भने प्रचण्ड निकै अघि पुरानो घरमा सरी सक्थे ।’ तर, प्रचण्ड घर नपाएको भन्दै सोही घरमा नै स्थायी रूपमा बस्ने योजनमा छन् ।
स्रोतका अनुसार प्रचण्डले नयां घर खोजेर सर्नुपरेमा नयांबजारमा बस्दै आएकोभन्दा राम्र्रो र सुविधा भएको घर खोज्न भनेका छन् । स्रोतका अनुसार प्रचण्डले घरका बारेमा पत्नी सीतास“ग सल्लाह गरेर मात्र अघि बढ्न पनि आफ्ना सचिवालयका कर्मचारीलाई भनेका छन् । प्रचण्डका सहयोगी कर्मचारी शिव खकुरेलले भने आफूहरूले घर खोजिरहेको जानकारी दिनुभयो । खकुरेलको भनाइ थियो, ‘हामी उपयुक्त घर खोजिरहेका छौं, पाउनेबित्तिकै सर्छौं ।’
एमाओवादी हिंसात्मक द्वन्द्वबाट शान्तिप्रक्रियामा आएपछि प्रचण्ड नयांबजारस्थित एक शेरचन थर गरेका व्यक्तिको घर भाडामा लिएर बस्दै आउनुभएको थियो । तर, उक्त घर सांघुरो भएको भन्दै श्रीमती सीता दाहालको रोजाइमा गत माघको पहिलो साता लाजिम्पाटस्थित आलिशान महलमा बस्न पुग्नुभएको थियो । एउटै कम्पाउन्डमा रहेका अढाईतले दुईवटा घरको प्रचण्डले मासिक एक लाख तीन हजार भाडा तिर्दै आएको बताइए पनि सो घर प्रचण्डले अरूको नाममा खरिद गरेको बताइन्छ । प्रचण्ड लाजिम्पाटस्थित महलमा सर्नुअघि पनि श्रीमतीकै इच्छाअनुसार झन्डै दुई महिना लगाएर मर्मत–सम्भार र रङरोगन गरिएको थियो । धरैले यही टिप्पणी गर्दैआएका छन् कि प्रचण्डको यो आफ्नै घर हो त छोडेर कसरी जाउन् ? उनले अब ‘सर्वहारा वर्गको राजनीति’ छोड्न सक्लान तर लाजिम्पाटको महल छोड्ने छैनन् ।
विस्तारित बैठकमा सहभागीहरूद्वारा आफ्नो जीवनशैलीबारे चर्को आलोचना भएपछि प्रचण्डले आफू बस्दै आएको घर छाडेर सामान्य घर लिने र सरकारी महंगो गाडी फिर्ता गर्ने भन्दै बैठकबाट सोहीअनुसारको निणर््ँय गराउनुभएको थियो । उहा““ले बैठक सकिएको केही दिनमै पूर्वप्रधानमन्त्रीका हैसियतमा चढ्दै आएको सरकारी गाडी फिर्ता गर्नुभएको थियो । तर, त्यसपछि उहांले पार्टी स्वामित्वको सुविधासम्पन्न मित्सुबिसी गाडी चढ्न थाल्नुभयो । यस्तै विस्तारित बैठकले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवम् पार्टी उपाध्यक्ष बाबुराम भट्टराई र अर्का उपाध्यक्ष एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निजी सचिवालयका कर्मचारी साटासाट गर्ने निर्णय पनि गरेको थियो । तर, त्यो पनि निर्णयमा मात्र सीमित छ । स्रोतका अनुसार कुनै पनि नेताहरूले आफ्नो सचिवालयका कर्मचारी परिवर्तन गरेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर