युरोपेली देशहरुले अक्सफोर्ड एस्ट्राजेनिको खोप पुनः संचालन गर्दै

१३ युरोपेली देशहरुले रगत जमेको भन्ने हल्लाकै कारण खोप कार्यक्रम स्थगित गरेका थिए । इ.एम.एको प्रतिवेदन आएसँगै खोप कार्यक्रम रोकेका जर्मनी, फ्रान्स, इटाली र स्पेनले पुनः खोप कार्यक्रम संचालन गर्ने जनाएका छन् ।
६ चैत्र २०७७, शुक्रबार ०८:१० मा प्रकाशित

लन्डन । कोरोना विरुद्ध अक्सफोर्ड एस्ट्राजेनिकाले निर्माण गरेको खोपका कारण रगत जमेको भन्दै खोप कार्यक्रम स्थगित गरेका युरोपेली मुलुकहरुले पुनः खोप कार्यक्रम संचालन गर्ने भएका छन् । युरोपेली औषधि सम्बन्धी निकाय इ.एम.एले एस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभावकारी रहेको र खोपकै कारण रगत जमेको प्रमाणित नभएको बताएको छ ।

१३ युरोपेली देशहरुले रगत जमेको भन्ने हल्लाकै कारण खोप कार्यक्रम स्थगित गरेका थिए । इ.एम.एको प्रतिवेदन आएसँगै खोप कार्यक्रम रोकेका जर्मनी, फ्रान्स, इटाली र स्पेनले पुनः खोप कार्यक्रम संचालन गर्ने जनाएका छन् ।

खोप कार्यक्रम रोकेका युरोपेली देशहरुले कहिले र कसरी पुनः खोप अभियान संचालन गर्ने भन्ने विषयमा सम्बन्धित देशहरुले नै निर्णय गर्ने जनाइएको छ ।

स्वीडेनले पुनःखोप कार्यक्रम संचालन गर्ने विषयमा निर्णय लिन केही समय लाग्ने जनाएको छ । विश्व स्वास्थ्य संगठनले एस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभाविकारी रहेको बताउँदै खोप अभियानलाई निरन्तरता दिन युरोपेली देशहरुलाई आग्रह गरेको छ । रगत जम्ने समस्या खोपका कारण नभई अन्य कारणले नै भएको डब्लुएच‌ओले स्पष्ट पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३१६

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने निर्णय गरेको छ । काँग्रेस सभापति

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत