मुख्यसचिवले टेलिकम हाकिमलाई किन दिंदैछन् एनसेल मोबाइल उपहार ?

२० भाद्र २०६९, बुधबार १७:५३ मा प्रकाशित


काठमाडौं, २० भदौ । मुख्यसचिव लीलामणि पौडेलले नेपाल टेलिकमका प्रबन्ध निर्देशकलाई एनसेलको मोबाइल उपहार दिने भएका छन् । उपहार प्रदान गर्ने भन्नेवित्तिकै अवश्य पनि कुनै राम्रो काम गरेकाले मुख्यसचिवबाट टेलिकमका हाकिमसापले पारितोषिक पाउने भएछन् कि भन्ने लाग्नु स्वाभाविक नै हो । तर, राम्रो काम गरेर होइन ठिक विपरित कारणले यसरी एनसेलको मोवाइल प्रदान गर्न लागिएको मुख्यसचिव लिलामणि पौडेलले जानकारी दिएका छन् ।

टेलिकमको सेवा गुणस्तरीय नभएकोले सुधार गर्न पटकपटक दिइएको निर्देशन लत्याइएपछि मुख्यसचिव पौडेलले नयाँ उपाय निकालेका हुन् । ‘प्रधानमन्त्रीज्यू र मबीच कुराकानी हुँदा धेरैपटक अप्ठेरो परिसक्यो, नसुनिने, काटिने, आवाज स्पष्ट नआउने समस्या भएपछि प्रधानमन्त्रीले सुधार्न असाध्यै चासो दिनुभएको छ’, उनले बताए।
निर्देशनले मात्र टेलिकमको मोबाइल सुधार नहुने भएकाले अर्को कम्पनीको सेवा प्रयोग गर्दा मानसिक दबाब हुने भएको हुँदा एनसेलको मोबाइल उपहार दिने योजना बनाइसकेको उनले सार्वजनिक गरेका हुन् । मानसिक पीडा होला भनेर मात्र अहिलेसम्म यस्तो कदम नचालिएको पनि उनले खुलासा गरे ।
मंगलबार सञ्चार मन्त्रालय निरीक्षणको क्रममा पुगेका मुख्य सचिव पौडेलले झन्डै डेढ घन्टासम्म अन्तर्त्र्किया गरेका थिए। त्यसक्रममा उनले मन्त्रालय र मातहतका निकायका समस्याको जानकारी लिनुका साथै निर्देशनसमेत दिएका थिए। पौडेल साढे तीन वर्षअघि सञ्चार सचिव थिए भने त्यतिखेर उनी टेलिकम सञ्चालक समितिमा सदस्यसमेत थिए। त्यतिखेरदेखि उनले कुराकानी गर्दा समस्या भएपछि सुधार्न निर्देशन दिएका थिए। संयोग कस्तो परेको छ भने सिंह त्यतिखेर पनि टेलिकमका प्रबन्ध निर्देशक थिए। दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनमा समेत टेलिकमको जिएसएम मोबाइलको निम्ति तोकिएको मापदण्ड पूरा नभएको प्रतिवेदन सार्वजनिक गरिएको छ। गत पुसमा प्राधिकरणले सार्वजनिक गरिएको प्रतिवेदनअनुसार एनसेलको भन्दा टेलिकमको मोबाइलको गुणस्तर कमजोर देखिएको थियो।
टेलिकमका अधिकारीले ‘सुधार भइरहेको’ भने पनि गुणस्तर कहिल्यै नभएपछि मुख्य सचिव पौडेल टेलिकमप्रति निकै आक्रामक देखिएका थिए।
कुराकानी गर्दागर्दै काटिने, आवाज नसुनिने र एउटा कल पूरा गर्न ३-४ कल गर्नुपर्ने गुनासो ग्राहकहरुको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका