‘मावली दिदी’ लोकार्पित

५ चैत्र २०७७, बिहीबार ०८:२३ मा प्रकाशित

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो कथासङ्ग्रह मावली दिदीको हिजो प्रज्ञा भवन, कमलादीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती लगायतले लोकार्पण गर्नुभयो ।

लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुलपति उप्रेतीले कथाकार ढकाल ऊर्जाशील र सिद्धहस्त साहित्यकार भएको उल्लेख गर्नुभयो ।

प्रज्ञा-प्रतिष्ठानको आख्यान विभाग प्रमुखसमेत रहनुभएकी वरिष्ठ कथाकार प्राज्ञ ठकुरीले मावली दिदी हाम्रै गाउँसमाजकी एउटी प्रतिनिधिमूलक पात्र भएको बताउँदै कथासङ्ग्रहभित्रका सबै कथाहरूले पाठकलाई तान्ने दाबी गर्नुभयो ।

लोकार्पित कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै समालोचक डा. यज्ञश्वर निरौलाले सङ्ग्रहभित्रका सबै कथाहरू पठनीय रहेको उल्लेख गर्नुभयो । उहाँले कथाकार ढकालले नयाँ शैलीबाट कथा वाचन गर्नुभएको बताउनुभयो ।

धनकुटाको चुङमाङमा जन्मिनुभएकी कथाकार विन्दु अधिकारी ढकालको यसअघि ‘विन्दुहरू’ नामक कविताकृति प्रकाशित छ । मावली दिदी ब्रदर बुक्स पब्लिकेशनले प्रकाशन गरेको हो । सङ्ग्रहभित्र १५ ओटा कथा समाविष्ट छन् । मावली दिदी ब्रदर बुक्स पब्लिकेशनले प्रकाशन गरेको हो । सङ्ग्रहभित्र १५ ओटा कथा समाविष्ट छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल