छोराले गर्यो आमाको हत्या

२० भाद्र २०६९, बुधबार १७:२५ मा प्रकाशित

महोत्तरी, २० भदौ । महोत्तरी जिल्लाको पशुपतिनगरमा गएराति गोलीप्रहार गरी छोराले आमाको हत्या गरेको छ। महोत्तरीको उत्तरवर्ती गाउँ पशुपतिनगर २ मा आपसी विवादमा २७ वर्षीय काछो छोरा रामबाबु ठाकुरले चलाएको गोली लागी ४५ वर्षीया आमा सुमित्रादेवी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।
घटनापछि प्रहरी चौकी पशुपतिनगरले निजको घरमा खानतलासी गर्दा नलकटुवा( १ थान र सोमा प्रयोग हुने तीन राउन्ड गोली बरामद गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा बुझाएको छ। गोलीप्रहार गर्ने रामबाबु ठाकुर भने फरार रहेको प्रहरीले जनाएको छ। (रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको