माओवादी संसदीय चुनावमा नजाने, एमाओवादीसंग एकता महाधिवेशन नगरिने

२० भाद्र २०६९, बुधबार १७:१९ मा प्रकाशित


काठमाडौं, २० भदौ । एकीकृत नेकपा माओवादीसँग एकता महाधिवेशन कुनै हालतमा नहुने नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले बताएका छन् । एमाओवादीले संयुक्त एकता महाधिवेशन हुने हल्ला चलाइरहेकोप्रति इंगितगर्दै बुधबार राजधानीमा आफ्नै पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा वैद्यले प्रचण्डहरु सकिँदै गएकाले उनीहरुसँग एकताको महाधिवेशन हुने हल्ला मात्र भएको खुलासा गरे ।
पत्रकार सम्मेलनमा बैद्यले भने, ‘एमाओवादी दक्षिणपन्थी संशोधनवादी भइसकेको छ, नव संशोधनवादीसँग एकता हुने कुरा झुट्टा हो।’ माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा माओवादीसँग एकताको महाधिवेशन हुने बताउँदै आएका बेला बैद्यले यस्तो अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रुपमा हेरिउको छ ।
यसअघि नै नेकपा माओवादीले प्रधानमन्त्री बाबुराम भट्टराईलाई ७० बुँदे मागपत्र बुझाउने तय गरेको छ। पत्रकार सम्मेलनमा मागपत्र पनि सार्वजनिक गरियो। २०५२ सालमा बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४० बुँदे मागपत्रमा थप मागहरु राखी ७० बुँदे बनाइएको छ। उनीहरुले भदौ २५ गते प्रधानमन्त्री भट्टराईलाई यो मागपत्र बुझाउने बताएका छन्।
जनयुद्ध थाल्नुअघि बाबुरामले बुझाएको मागपत्रमा राष्ट्रियतासम्वन्धि ९ वटा मागहरु थियो। बैद्यपक्षीय माओवादीले तयार गरेको मागपत्रमा यो विषयमा २८ मागहरु समेटेका छन्। नेकपा माओवादीले राष्ट्रिय हितविपरितको विदेशी लगानी रोक्नुपर्ने, डब्लुटिओ सम्वन्धित नेपाल पक्ष बनेका सन्धि सम्झौताको पुनरावलोकन गरी नेपालको स्वाधिन अर्थतन्त्रको प्रतिकूल हुने सम्झौताहरुमा नेपालले रिजर्भेसन राख्‍नुपर्ने माग राखेको छ। मागमा उनीहरुले राष्ट्रिय पहिचानसहितको संघीयता हुनुपर्ने बताएका छन्।
नेकपा माओवादीले पार्टी दर्ता नगर्ने तथा दल रहेको जानकारीमात्र गराइने यसअघि नै स्पष्ट पारिसकेको छ । उसले गोलमेच सम्मेलन हुनुपर्ने तर अल्पकालका लागि संसदीय चुनावमा नजानेसमेत प्रस्ट्याएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार