७९ मा कोरोना पुष्टि, ७५ जना संक्रमणमुक्त

२ चैत्र २०७७, सोमबार १६:३५ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३ सय ११ जनाको पीसीआर परिक्षण गर्दा थप ७९ जनामा कारोना भाइरस संक्रमण देखिएको हो । यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ ।

आज (सोमबार) थप ७५ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ४०१ पुगेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि कारोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म ३ हजार १४ जनाको कोरोनाका कारणले मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक