सेभ द चिल्ड्रेनद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

२० भाद्र २०६९, बुधबार १६:५३ मा प्रकाशित

चन्द्रकान्त खनाल रुपन्देही २० भाद्र । सनसाइन सामाजिक विकास संस्था र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा सञ्चालित साझा उद्देश्यका लागि प्रायोजित कार्यक्रम अन्तरगत विभिन्न विद्यालयका कक्षा १ का विद्यार्थीहरुलाई करिब ५५ हजारको लागतमा झोला तथा अन्य शैक्षिक सामाग्री वितरण गरिएको छ । कपिलवस्तुको धनकौली गाविसमा रहेका श्री कपिलवस्तु राष्ट्रिय निम्न माध्यमिक विद्यालय चेतरादेइमा ४५ जनालाई, सरस्वती प्राथमिक विद्यालय लोहरौलामा ३५ जनालाई, पिपरहवा मदरसामा २० जनालाई र सनशाईन सामुदायिक प्राथमिक विद्यालयका ७० जना वालवालिकाहरुलाई झोला तथा सिसाकलम,ईरेजर र कापी वितरण गरिएको थियो । सनशाईन सामाजिक विकास संस्थाको ४० हजार, गाविसको ४० हजार र वालमैत्री स्थानिय शासन सीएफएलजीको ५५ हजारको सहयोगमा सामाग्री वितरण गरिएको हो । धनकौली गाउँ वाल संरक्षण तथा सम्वर्धन उपसमिती भिसीपिसीका अध्यक्ष मनिराम कोहारले सामाग्री वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी