२० लाख रुपैयां ब्लड मनि मागेपछि …

२० भाद्र २०६९, बुधबार १६:५० मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २० भदौ । संयुक्त अरब इमिरेटस युएईको शारजाहमा मृत्युदण्डको सजाय सुनाईएका पर्वत चित्रेका दुर्गाबहादुर सुनारको जीवनरक्षाका लागि रुपन्देहीमा सहयोग संकलन अभियान शुरु भएको छ । एमबी विश्वकर्माको संयोजकत्वमा १७ सदस्यीय ‘दुर्गाबहादुर सुनार जीवनरक्षा सहयोग समिति’ गठन गरेर सहयोग अभियान शुरु गरिएको हो ।
नेपाल सुनचांदी ब्यवसायि संघ रुपन्देहीको पहलमा आज बुटवलमा बसेको बैठकले सुनारको जीवन रक्षाका लागि समिति गठन गरेर सहयोग जुटाउने निर्णय गरेको हो ।
तीन वर्षअघि सामान्य कुटपीट हुंदा सुनसरीका गणेशहादुर बस्नेतको मृत्यु भएपछि सुनारलाई त्यहांको अदालतले मृत्युदण्ढको सजाय सुनाएको छ । विकल्पमा मृतक परिवारलाई सुनार परिावरले रगत वापत ब्लड मनी बुझाउर्ने भएकाले सुनारको जीवनरक्षाका लागि आर्थिक सहयोग संकलनका लागि समिति गठन गरिएको संयोजक एमबि विश्वकर्माले बताउनुभयो । मृतक परिवारलाई ब्लड मनि बुझाएको भन्ने कागजात तयार नभएमा मृत्यु दण्डको सजायं कार्यान्वयन हुने भएकोले सबैले सुनारलाई मृत्यदण्डबाट जोगाउन सहयोग गरिदिन संयोजक विश्वकर्माले सबैसंग आग्रह गर्नुभएको छ । उहांका अनुसार भोली बिहिबार दिउंसो १ बजेदेखि आर्थिक संकलन गरिने छ । दुर्गाबहादुर सुनारका आमा आफनो छोराको जीवन बचाउन केही दिन अघि पर्वतबाट काठमाडौं गएर छोराको जीवन बचाउन आग्रह गरेका छन् ।
मृतकको परिवारले २० लाख रुपैयां ब्लड मनि मागेपछि सुनारका परिवारजन समस्यामा परेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी