सात वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएपछि लाइफ गार्ड तनावग्रस्त

गत फागुन २६ गते राति ९ बजे करनले बान्ता गर्न थालेपछि लाइफ गार्ड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पताल ल्याउँदा करनको मुखमा डिजलको गन्ध आएकाले डिजेल खाएको भन्दै अस्पतालको आकस्मिक वार्डमा भर्ना गराएको केही घण्टामा नै चिकित्सकको सल्लाहमा भेन्टिलेटरमा राखिएको छिमेकी अर्जुन भण्डारीले बताउनुभयो ।
२ चैत्र २०७७, सोमबार ०८:२० मा प्रकाशित

मोरङ । विराटनगरको बरगाछीस्थित लाइफ गार्ड हस्पिटल प्रालि हिजो दिनभरि तनावग्रस्त बनेको छ । उपचारार्थ भर्ना भएका सात वर्षीय बालकको उपचारका क्रममा हिजो बिहान मृत्यु भएपछि हस्पिटल दिनभर तनावग्रस्त बनेको हो ।

सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेका सात वर्षीय करन मण्डलको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै दिनभर प्रदर्शन गरेका थिए ।

गत फागुन २६ गते राति ९ बजे करनले बान्ता गर्न थालेपछि लाइफ गार्ड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पताल ल्याउँदा करनको मुखमा डिजलको गन्ध आएकाले डिजेल खाएको भन्दै अस्पतालको आकस्मिक वार्डमा भर्ना गराएको केही घण्टामा नै चिकित्सकको सल्लाहमा भेन्टिलेटरमा राखिएको छिमेकी अर्जुन भण्डारीले बताउनुभयो ।

बच्चाका बारेमा चिकित्सकलाई सोध्दा सुधार हुँदै गएको बताइरहेका बेला आज बिहान ९:३० मा बालकको मृत्यु भएको अस्पतालले जनाएको बुबा हरमुनि मण्डलले बताउनुभयो ।

“बिहानसम्म बच्चा ठीक थियो, बोलेको पनि थियो”, बुबा मण्डलले भन्नुभयो । आधा घण्टापछि बालकको मृत्यु भएको खबर अस्पतालबाट आउँदा अचम्म लागेको भन्दै भर्ना भएको छोरालाई अस्पतालले घर लैजान भनेपछि किन नलगेको भनी उल्टै हप्काएको हरमुनिले बताउनुभयो ।

चिकित्सकको लापरवाहीका कारण बालकको मृत्यु भएको कारण देखाई पीडितका आफन्तले अस्पतालको मुख्यद्वारमा ताल्चा लगाएर नारा जुलुस गरेका थिए । अस्पताल प्रशासनले चिकित्सकको कुनै लापरवाही नभएको र माग गरिएको क्षतिपूर्ति पनि दिने भनेको छ । अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले शनिबार डिस्चार्ज गरिएको बालकको पुनः भर्ना गरिएको जानकारी दिनुभयो । अस्पतालका अनुसार मृतक बालकले डिजेल वा मट्टितेल खाएको हुन सक्ने अनुमान लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले