रुसमा विपक्षी दलको सम्मेलनमा प्रहरी हस्तक्षेप, दुई सयभन्दा बढी नेता पक्राउ

राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक एलेक्सी नाभाल्नी पक्राउ परेपछि विपक्षीहरुले समय समयमा सम्मेलन गर्दै आएका छन् । रुसको स्वतन्त्रताका लागि गरिने सम्मेलनमा सहभागीले राष्ट्रपति पुटिनको कडा आलोचना गर्ने गरेका छन् । उनीहरुले चुनावी प्रतिस्पर्धामा आउन खुला रुपमा चुनौती समेत दिएका छन् ।
१ चैत्र २०७७, आईतवार १४:१८ मा प्रकाशित

मस्को । रुसमा विपक्षी दलको सम्मेलनमा सहभागी दुई सय भन्दा बढी नेता पक्राउ परेका छन् । रुसको मस्कोस्थित एक होटेलमा आयोजना गरिएको सम्मेलनकै क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले कोरोना महामारीको बीच भेला आयोजना गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको हो । विपक्षी नेताहरुले भने नियतबस पक्राउ गरिएको आरोप लगाएका छन् ।

राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक एलेक्सी नाभाल्नी पक्राउ परेपछि विपक्षीहरुले समय समयमा सम्मेलन गर्दै आएका छन् । रुसको स्वतन्त्रताका लागि गरिने सम्मेलनमा सहभागीले राष्ट्रपति पुटिनको कडा आलोचना गर्ने गरेका छन् । उनीहरुले चुनावी प्रतिस्पर्धामा आउन खुला रुपमा चुनौती समेत दिएका छन् ।

रुस सरकारले विपक्षी नेताहरुलाई रुस विरोधी तत्वको संज्ञा दिँदै आएको छ । विपक्षीले भने रुसी राष्ट्रपतिको ज्यादती बन्द गर्न र स्वतन्त्रता हनन् नगर्न चुनौती दिँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल