कार्यवाहक सभापति पाए देउवाले प्रधानमन्त्रीमा दाबी छोड्ने

२० भाद्र २०६९, बुधबार ०९:५१ मा प्रकाशित


काठमाडौं, २० भदौ । एकीकृत माओवादी अध्यक्ष पुष्पमकल दाहालले संविधानका विवादित विषयमा सहमति जुटे राष्ट्रिय सहमतिको नेतृत्व कांग्रेसलाई दिन सकिने बताइरहेका बेला कांग्रेसमा फेरि भित्रभित्रै प्रधानमन्त्री उम्मेदवारको दौड सुरु भएको छ । तर, पार्टीको कार्यबाहक सभापति पाए प्रधानमन्त्रीको दाबी छाड्ने संकेत कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले दिएका छन् । कार्यबाहक सभापति पाए कोइरालालाई प्रधानमन्त्रीमा सहयोग गर्न देउवा तत्पर रहेको उनीनिकटका नेताहरूको भनाइ छ।
बाबुराम भट्टराईको बहिर्गमनको साइत कहिले जुर्ने निश्चित नभए पनि कांग्रेसमा भट्टराईको उत्तराधिकारी बन्ने होड देखिएको छ । यसैबीच देउवा कार्यबाहक सभापति पाए प्रधानमन्त्री छाड्न तयार देखिएका हुन्।
देउवानिकट केन्द्रीय सदस्य रमेश रिजालले एक व्यक्ति एक पदको अवधारणा सभापति सुशील कोइरालाकै भएको उल्लेख गर्दै भने, ‘सभापतिले पार्टी र सरकार दुवै जिम्मेवारी बहन गर्न सक्नुहुन्न, शेरबहादुरजीलाई कार्यबाहक सभापति दिनुपर्‍यो, उहाँ (शेरबहादुरजी)ले सभापतिलाई प्रधानमन्त्रीमा आफैं प्रस्ताव गर्नुहुन्छ।’
सहमति सरकारको नेतृत्व गर्ने अवसर पार्टीले पाए सभापति कोइराला नछाड्ने मनस्थितिमा रहे पनि उनले प्रधानमन्त्री बन्ने इच्छा सार्वजनिक गरेका छैनन्। पार्टीभित्र आफ्नो पक्षमा वातावरण बनाउन सभापति कोइराला र वरिष्ठ नेता देउवाबीच केही समयअघि देउवालाई कार्यबाहक सभापति दिएर आफू प्रधानमन्त्री बन्ने प्रस्ताव सभापति आफैंले राखेको देउवा निकट एक नेताले बताए। वरिष्ठ नेता देउवाले महासमिति बैठकबाट आफूलाई अधिकारसम्पन्न ुकार्यकारीु सभापति दिए सभापतिलाई प्रधानमन्त्रीमा सहयोग गर्ने बताएका थिए। तर, सभापति कोइरालाले भने कार्यबाहक सभापति दिन सकारात्मक देखिए पनि महासमितिबाट नै ुकार्यकारीु अधिकारसहितको सभापति दिन अस्वीकार गरेको बताइन्छ ।
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिको अनुपस्थितिमा उपसभापतिले स्वतः कार्यबाहक सभापतिको जिम्मेवारी पाउने पार्टी विधानमा व्यवस्था रहेको जिकिर गरे। ‘शेरबहादुरजीले माग्दैमा कार्यबाहक सभापति पाउने भन्ने कुरा हुँदैन,’ कोइरालाले भने, ‘उहाँहरु (सुशील, शेरबहादुर र रामचन्द्रजी) ले पार्टीको विधान बनाएको होइन, कोठाभित्र मात्र सहमति गरेर हुँदैन, केन्द्रीय समितिमा आउनुपर्छ ।’
कार्यकारी अधिकारसहितको सभापति देउवालाई दिए पार्टीमा देउवा पक्षको प्रभाव बढ्ने भएपछि कोइराला निकट नेताहरु सरकारको नेतृत्व छाड्ने तर पार्टीको जिम्मेवारी नदिने मुडमा रहेको पनि बताइन्छ ।
सभापति कोइराला प्रधानमन्त्री बन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल नभएपछि देउवालाई कार्यबाहक सभापति दिने प्रस्ताव सुस्ताएको देउवा निकट एक नेताले दाबी गरे। ‘सरकारको नेतृत्व कांग्रेसको हातमा आउने भयो भने पछिल्लो दिनमा सभापतिजीको भन्दा शेरबहादुरजीको सम्भावना धेरै छ,’ ती नेताले भने। कांग्रेसले अब प्रधानमन्त्रीको उम्मेदवार तोक्न ढिला गर्नु नहुने उल्लेख गर्दै केन्द्रीय सदस्य कोइरालाले सभापति कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति पौडेल बसेर उम्मेदवार तोक्नुपर्ने बताए। पार्टीका तीन शीर्ष नेताको सहमतिलाई मान्न सबै तयार रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य कोइरालाले भने, ‘उहाँहरुले सहमति निर्माण गर्न सक्नुभएन भने केन्द्रीय समितिले विधि र विधानअनुसार प्रधानमन्त्रीको उम्मेदवार तोक्छ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको