श्रद्धाञ्जली सभामा प्रहरीले गोली चलाउँदा १२ सर्वसाधारणको मृत्यु

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डले र प्याये शहरमा उनीहरुको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । मृत्यु हुनेमा १३ वर्षीय बालक पनि रहेका छन्। केही साताअघि मृत्यु भएका एक युवकको पुण्य तिथिमा म्यानमारका विभिन्न शहरमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। गोली लागेर कैयौं घाइते भएका छन्।
१ चैत्र २०७७, आईतवार ०८:५५ मा प्रकाशित

म्यानमारका सुरक्षाकर्मीले शनिबार श्रद्धाञ्जली सभामा अन्धाधुन्ध गोली चलाउँदा १२ जना सर्वसाधारणको मृत्यु भएको छ । सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि सुरक्षाकर्मीले गोली चलाएका थिए।

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डले र प्याये शहरमा उनीहरुको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । मृत्यु हुनेमा १३ वर्षीय बालक पनि रहेका छन्। केही साताअघि मृत्यु भएका एक युवकको पुण्य तिथिमा म्यानमारका विभिन्न शहरमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। गोली लागेर कैयौं घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार घाइतेलाई अस्पताल लगिएको छ तर उनीहरुको पहिचान गर्न सुरक्षाबलले रोकेको छ। गत फेब्रुअरी १ मा सेनाले कु गरेर सत्ता हातमा लिएयता सुरक्षाकर्मीको गोलीबाट ७० भन्दा बढी नागरिकको ज्यान गइसकेको छ। लोकतन्त्रवादी नेतृ आङसाङ सुकी लगायतका शीर्ष नेतालाई नजरबन्दमा राखिएको छ।

यसैबीच म्यानमारमा सैन्य ‘कु’को विरोध गर्ने नागरिकलाई अमेरिकाले आश्रय दिने घोषणा गरेको छ। राष्ट्रपति जो बाइडेन प्रशासनले पीडित नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने बताएका हुन्। यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेलाई लागू हुने पनि अमेरिकाले जनाएको छ। सेनाले सत्ता हातमा लिएपछि अमेरिकाले विरोध गर्दै आएको रोयटर्सले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।