के नागरिक समाजबाट प्रधानमन्त्री सम्भव छ ?

२० भाद्र २०६९, बुधबार ०९:३८ मा प्रकाशित


काठमाडौं, २० भदौ । आफैं प्रधानमन्त्री बन्न इच्छुक प्रचण्डसंग नेपाली कांग्रेसका नेताहरूले सरकारको नेतृत्व काङ्गे्रसलाई दिनुपर्नेमा जोड दिएपछि प्रचण्डले ‘बरु गैरराजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउनु उपयुक्त हुने’ धारणा विभिन्न शक्तिकेन्द्रहरूसंग अनौपचारिक भेटवार्ताका क्रममा प्रकट गर्नुभयो । आफू प्रधानमन्त्री बन्न नसक्ने अवस्थामा प्रचण्ड बाबुराम भट्टराई नेतृत्वको सरकारलाई नै निरन्तरता दिन चाहनुहुन्छ । आफ्नो हातमा सत्ता आउने सहमति नबने पनि परिस्थिति बनेमा उहां बाबुराम नेतृत्वलाई विस्थापित गर्न तयार हुनुहुन्छ । कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बन्न नदिन कतिपय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले ‘प्ले’ गर्न सक्ने अवस्था देखेपछि प्रचण्ड पनि कांग्रेसलाई सरकारको नेतृत्व नदिन दृढ हुनुहुन्छ, तर कांग्रेस नेताहरूले यसको भेउ पाउन सकेका छैनन् ।
बाबुराम हट्ने तर आफू प्रधानमन्त्री बन्न पनि नसक्ने अवस्था आएमा प्रत्यक्ष राजनीतिमा नरहेका नागरिक समाजका अगुवाहरूमध्ये कसैलाई प्रधानमन्त्री बनाउने कुरा प्रचण्डको प्राथमिकतामा पर्ने देखिन्छ, कांग्रेस होइन । त्यस्तो अवस्थाका निम्ति प्रचण्डले केही नामहरू भित्रभित्रै ‘एक्स्प्लोर’ समेत गराउनुभएको छ । उहां दमननाथ ढुंगाना, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा या प्रा.डा. लोकराज बरालमध्ये जो भए पनि हुन् भन्ने धारणा राख्नुहुन्छ । तर, कांग्रेस आफूले सरकारको नेतृत्व नपाउने भएमा प्रचण्ड र प्रचण्डको प्रस्तावमा अरू कसैलाई पनि प्रधानमन्त्री स्वीकार गर्ने अवस्थामा देखिंदैन । नागरिक समाजबाटै प्रधानमन्त्री बनाउनुपरयो भने पनि डा. केदारभक्त माथेमाजस्ता व्यक्ति कांगे्रसको छनोटमा पर्ने देखिन्छ । कदाचित त्यस्तो अवस्था आएमा कांग्रेस बरु डा. वीरेन्द्रप्रसाद मिश्रका पक्षमा उभिन सक्ला, प्रचण्डद्वारा प्रस्तावित व्यक्तिका प्रति सकारात्मक रहने देखिंदैन । एकथरीले राष्ट्रपति डा. रामवरण यादवकहां सम्भाव्य प्रधानमन्त्रीका रूपमा पूर्वन्यायाधीश रामप्रसाद श्रेष्ठको नाम पनि पुरयाएको बुझिन्छ । राष्ट्रपति यादवसमेत रामप्रसादको नामप्रति सकारात्मक हुनुभएको बताइन्छ ।
यसरी विभिन्न कुनाबाट विभिन्न व्यक्तिहरूको नाम सम्भाव्य प्रधानमन्त्रीका रूपमा लिइएका भए पनि दलका नेताहरूले गैरराजनीतिक व्यक्तिलाई सत्ता सुम्पिएर आफूहरू बाहिर बस्ने साहस गर्लान् भन्नेमा विश्वास गर्न सकिंदैन । आफ्नो हातमा सत्ता आउन नसक्ने अवस्थामा एक–अर्कोलाई निषेध गर्ने सोच मनोविज्ञान दलका नेताहरूमा देखिंदै आएको छ । यदि एकले अर्कोलाई निषेध गरेर अघि बढ्ने प्रवृत्ति सक्रिय रहिरह्यो भने मात्र दलका नेताहरू बाध्यतापूर्वक गैरराजनीतिक कित्ताका व्यक्तिलाई सरकारको नेतृत्व सुम्पन तयार हुनेहुन् । अहिले जो जसको नाम जसले जसरी चर्चामा ल्याएका भए पनि तत्काल नागरिक समाजका कसैलाई प्रधानमन्त्री बनाइने सम्भावना छैन । आफूहरू असफल भएको प्रमाणित हुने डरका कारणले पनि नेताहरू प्रधानमन्त्री पदलाई राजनीतिक वृत्तभित्र नै राख्न चाहन्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार