प्रचण्डको ‘मायाजाल’मा कांग्रेस–एमाले फेरि पर्ने खतरा

२० भाद्र २०६९, बुधबार ०९:२५ मा प्रकाशित


काठमाडौं, २० भदौ । परिस्थिति आफ्नो प्रतिकूल भएपछि केही साता विलखबन्दमा पर्नुभएका एमाओवादी अध्यक्ष प्रचण्डले पछिल्ला केही दिनयता पुनः सक्रियता दर्शाउन थाल्नुभएको छ । संविधानसभाको अवसानपश्चात् संसद्मा ठूलो दलको वैधानिक हैसियत गुमेको र आफ्नो पार्टी पनि विभाजित भएपछि प्रचण्डमा छटपटी बढेको थियो । करिब दुई महिना भूमिकाहीनजस्तै महसुस गरी तड्पिनुभएका प्रचण्ड जातिवादी र क्षेत्रवादीहरूसंग गठबन्धन बनाउन सफल भएपछि सक्रिय हुन थाल्नुभएको हो । संविधानसभा पुनस्र्थापना गर्न सक्दा आफ्नो भूमिका ह्वात्तै बढ्ने विश्वासमा रहनुभएका उहां काङ्गे्रस र एमालेलाई पुनस्र्थापनाको पक्षमा मनाउन यतिबेला अनेक तिकडम गर्दै हुनुहुन्छ । संविधानका विवादित विषयहरूमा सहमति बन्न सके राष्ट्रिय सहमतिको सरकार निर्माण हुने र त्यस्तो सरकारको नेतृत्व जोकसैले गर्न सक्ने भनाइ दलहरूको उच्चस्तरीय बैठकमा राख्ने गर्नुभएका प्रचण्डले कांगे्रसका नेताहरूसंगको बेग्लै भेटघाट तथा बैठकमा भने आफू सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्न सकारात्मक रहेको धारणा राख्ने गर्नुभएको छ । जब कि मधेसी मोर्चाका नेताहरूसंग भने उहां आफ्नै लागि समर्थन प्राप्त गर्न कोसिस गर्दै हुनुहुन्छ । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई ‘भविष्यमा सर्वसम्मतिको प्रधानमन्त्री या राष्ट्रपति बन्ने वामपन्थी नेताहरूमा तपाईं मात्रै हुनुहुन्छ’ भनिदिएपछि नेपालको समर्थन हासिल गर्न प्रचण्ड सफल हुनुभएको छ । माधव नेपालले प्रचण्डसंग बाबुरामपछिको प्रधानमन्त्री बन्न प्रचण्डलाई आग्रह पनि गरिसक्नुभएको छ । नेपालले पार्टीका अन्य नेताहरूसंग छलफल नै नगरीकन प्रचण्डलाई प्रधानमन्त्री बन्न गरिएको आग्रह सांच्चै हो या ‘आफूले अरूलाई भन्ने गरेजस्तै’ उधारो मात्र हो भन्ने खुट्याउन प्रचण्डले नसक्नुभएको बताइन्छ ।
प्रचण्डको जोड संविधानका विवादित विषयहरूमा सहमति गरी संविधानसभा पुनस्र्थापना गरेर त्यसको अनुमोदन गराउने कुरामा केन्द्रित रहंदै आएको छ । त्यसका लागि काङ्गे्रसका विभिन्न नेताहरूलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने प्रलोभन दिएर पट्याउने प्रयास उहां गर्दै हुनुहुन्छ भने काङ्गे्रस सहमत भएमा एमाले स्वतः पछि लाग्ने विश्वासमा प्रचण्ड रहनुभएको बताइन्छ । संविधानसभा पुनस्र्थापना गर्न काङ्गे्रस मञ्जुर भएमा सङ्घीयताको विषयलाई लिएर माथापच्ची नगर्ने सङ्केत प्रचण्डले दिनुभएको छ । यद्यपि काङ्गे्रस पुनस्र्थापनाप्रति सकारात्मक हुन सकेको छैन । बहुसङ्ख्यक केन्द्रीय सदस्यहरू ताजा जनादेशको पक्षमा उभिएपछि पुनस्र्थापनाको सपना देख्नेहरूलाई काङ्गे्रसले निराश पारिदिएको छ । तर, प्रचण्डले यस्तो सङ्केत दिनुका पछाडि गम्भीर कपट लुकेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ । संविधानसभा पुनस्र्थापित भएमा प्रधानमन्त्री आफैं बन्ने मात्र नभई संविधान निर्माणसमेत आफ्नो सर्तमा हुन्छ भन्नेमा उहांको विश्वास रहेको छ । अहिले जे–जस्ता सम्झौता भए पनि संविधानसभा ब्युंताउन सकिएमा त्यसले बेग्लै ‘कोर्स’ लिने र त्यस्तो ‘कोर्स’ आफूअनुकूल हुनेमा उहां विश्वस्त हुनुहुन्छ । त्यसैले जसरी भए पनि संविधानसभा पुनर्जीवित गर्ने कुरालाई उहांले प्राथमिकतामा राख्नुभएको छ । तर, प्रचण्डको भित्री योजना काङ्गे्रसका नेताहरूले अहिलेसम्म राम्ररी बुझ्न सकेका छैनन् । त्यसैले सरकारको नेतृत्व आफूलाई दिने भए अरू कुराहरूमा लचकता अपनाइन सक्ने धारणा काङ्गे्रस नेताहरूले राखेका छन् । सत्ता प्राप्तिको लोभमा सिद्धान्तमा सम्झौता गर्ने काम काङ्गे्रसले केही वर्षयता गर्दै आएको छ । पार्टी नेतृत्व सुशील कोइरालाको हातमा पुगेपछि सत्तासंग सिद्धान्त नसाटिने अपेक्षा धेरैले राखेका हुन् । विभिन्न कारणबस काङ्गे्रस
फेरि प्रचण्डको चङ्गुलमा फस्ने हो कि भन्ने आशङ्का बढेर गएको छ । काङ्गे्रस नेताहरूले सरकारको नेतृत्व पाए अन्य विषयमा सहमति बन्न मुस्किल नहुने धारणा संयुक्त बैठकहरूमा व्यक्त गर्न थाल्नुले काङ्गे्रस फेरि पनि चुक्ने हो कि भन्ने चिन्ता प्रजातान्त्रिक कित्तामा प्रकट भएको छ ।
प्रचण्डको पुनस्र्थापना प्रयासलाई असफल बनाउंदै राष्ट्रिय सहमतिको सरकार गठन गरी निर्वाचनमा जान सके भने त्यसले मात्र राष्ट्रवादी र प्रजातन्त्रवादीहरूको भूमिका बढ्ने राजनीतिको थालनी गराउन सक्ने सम्भावना छ । त्यसरी नभई प्रचण्डकै कुरामा विश्वास गरेर अघि बढ्यो भने काङ्गे्रस उठ्नै नसक्ने गरी पछारिने निश्चित छ । दलहरूको सहमति संविधानसभा पुनस्र्थापनाका निम्ति भयो भने पनि त्यसको वैधानिकतालाई लिएर सर्वोच्च अदालतमा रिट दायर हुने पक्कापक्की छ । सर्वोच्च अदालतले आफ्नै पूर्वनिर्णयको विरुद्धमा उभिएर फैसला गर्ला भन्ने विश्वास कानुनवेत्ताहरूले गर्न सकेका छैनन् । न्यायालयको फैसलालाई चुनौती दिंदै गरिएको राजनीतिक निर्णयलाई सर्वोच्च अदालतले वैधानिकता दिने कुरामा विश्वास गर्न सकिंदैन । यसरी पुनस्र्थापनामा जांदा एकातिर संवैधानिक र कानुनी सङ्कट आउन सक्ने देखिन्छ भने अर्कोतिर बलजफ्ती संविधानसभा पुनःस्थापना गरी क्रियाशील गराइए पनि काङ्गे्रस–एमालेलगायत प्रजातन्त्रवादी कित्ताका निम्ति ‘त्यो’ संविधानसभा ‘काल’ बराबर हुने निश्चित छ । बाह्रबुंदे सम्झौतायता सयौंपटक सम्झौता गर्ने तर त्यसको पालनाचाहिं नगर्ने धोखाधडीपूर्ण रवैया बारम्बार दोहोरयाउंदै आएका प्रचण्डको मायाजालमा काङ्गे्रस–एमाले फेरि पनि पर्ने हो भने ती पार्टीका नेताहरूमा सत्तामोहबाहेक कुनै प्रकारको दूरदर्शितापूर्ण राजनीतिक चेतना नभएको निष्कर्ष निकाल्दा हुन्छ– राजनीतिक विश्लेषकहरूको धारणा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री