फोन गर्न रुखका टुप्पामा !

२९ फाल्गुन २०७७, शनिबार ०८:२२ मा प्रकाशित

हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा रहेको टेलिफोन सेवाले पछिल्लो समय काम गरेको छैन । गाउँमा टेलिफोनले काम नगर्दा गाउँबाट करिब दुई घण्टाको पैदलको बाटो हिँडेर यहाँका नागरिक फोन सम्पर्कमा जोडिने गरेका छन् ।

दैनिक दुई घण्टाको पैदल हिँडेर डाँडामाथि रुखमा चढेर फोन गर्न बाध्य भएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले जानकारी दिनुभयो । भौगोलिक हिसाबले ठूलो र धेरै खोल्साखोल्सी भएको उक्त गाउँपालिकामा एकमात्र नेपाल टेलिकमको टावर मेल्छाम–५ मासीधारमा ०६६।०६७ सालमा बनेको थियो ।

उक्त टावर कम क्षमता भएकाले सीमित मात्रामा टेलिफोन हुने गर्दथ्यो । उनले टावर अहिले आएर पूर्णरुपमा बन्द हुँदा दुई घण्टाको पैदल बाटो हिँडेर रुखको टुप्पोमा गएर फोन गर्न बाध्य भएको बताए । टेलिफोन नभए पनि इन्टरनेट सेवा अत्यन्तै सुस्त छ । त्यो पनि सबै नागरिकको पहुँचमा पुगेको छैन ।

उनले भने, “स्थानीयको त कुरै नगरौँ आफूसमेत दुई घण्टाको बाटो हिँडेर अग्लो ठाउँमा गएर फोन गर्नुपर्छ” । त्यो पनि घाम लागेको बेला काम गर्छ घाम नलागेमा वर्षा, हावा, हुरी लागेमा र हिमपात भएमा त त्यो पनि ठप्प हुन्छ ।” उनले धेरै पटक सञ्चार मन्त्रालय र नेपाल टेलिकम धाउँदा धाउँदा हैरान भइसकेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ पुस्ताका लागि मोबाइल फोनको लत समस्या बन्दै गएको छ । मानिसहरु प्रायः हिँड्दा र सवारी चलाइरहँदा पनि मोबाइल फोनको

न्युजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले आफ्नै प्रेमिकासंग विवाह गर्ने भएकी छन्। अर्डर्नले यो वर्षको अन्तिम वा अर्को वर्षको सुरुवातमा विहे गर्ने

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

चीनको लोङगजिङ शहरको पियान माउण्टेनमा बनाएको काँचबाट ४३० मिटर लामो पुल भाच्चिएको छ । एक युवक पुलमै अड्किएको तस्विर सामाजिक