वैद्य माओवादीलाई ‘अंश’ २९ प्रतिशत मात्रै

२० भाद्र २०६९, बुधबार ०९:१९ मा प्रकाशित

काठमाडौं, २० भदौ । एकीकृत नेकपा माओवादीले फुटेर बनेको माओवादीलाई पार्टीको कूल सम्पत्तिमध्ये २९ प्रतिशत हिस्सा दिने निर्णय गरेको छ । पार्टीको केन्द्रिय कार्यालय कोटेश्वर पेरिसडांडामा मंगलबार बसेको एमाओवादीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी फुट्नुभन्दा अघिको एनेकपा माओवादीको केन्द्रिय समितिमा रहेका व्यत्तिःमध्ये २९ प्रतिशत फुटेर माओवादीमा गएका हुनाले त्यसैका आधारमा २९ प्रतिशत सम्पत्ति दिने निर्णय गरिएको बताइएको छ । पार्टीको भौतिक सम्पत्ति कति छ भन्नेबारेचाहिं केही खुलाइएको छैन । पार्टीको सम्पत्ति र अन्य विवाद मिलाउन २ महिनाअघि कृष्णबहादुर महरा र देव गुरुङ गरी दुबै पक्षका प्रतिनिधि संलग्न समिति बनेको थियो ।

यसैगरी एमाओवादीको मंगलबारको बैठकले आगामी मंसिर महिनाभरी पार्टीका विभिन्न जनवर्गिय संगठनहरुको महाधिवेशन गरिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको