वैदेशिक रोजगार विभागको मिलेमतो पिडितसंगै

२० भाद्र २०६९, बुधबार ०९:१७ मा प्रकाशित

काठमाडौं, २० भदौ । विगतमा खुल्लमखुल्ला लाखौंको घुष कारोवार हुने वैदेशिक रोजगार विभागमा केहि समयदेखि खामवन्दी घुष शुरु भएको बुझिएको छ । पिडितले आफै समातेर ल्याएका अभियुक्तहरुलाई महानिर्देशक पूर्णचन्द्र भट्टराईका विश्वासपात्र कानुन उपसचिव योगराज बरालले अभियुक्त धमाधम छाड्न थालेका छन् । वैदेशिक रोजगार ऐन २०६४ विपरित कार्य गर्ने जोसुकैलाई हदैसम्मको कारवाही गर्ने अधिकार विभागलाई छ । तर खामबन्दी घुषका कारण पिडितहरुले विभागको उजुरी शाखामा हैरानी व्यहोर्नु परेको छ ।
वैदेशिक रोजगार विभागमा उजुरी गर्न आएका अधिकांस पिडितहरुलाई निर्देशक योगराज बरालले अनावश्यक झन्झट लगाएर कागज पुगेन, भाषा उल्था गरेर ल्याउनुु भोलि आउनु जस्ता आश्वासन दिएर दैनिक खामबन्दी घुष लिने गरेको श्रोतले उल्लेख गरेको छ । गतवर्ष वेरोजगार युवायुवतीहरुलाई न्यूजिल्याण्ड पठाइदिने भनी चितवन शारदानगर–८ का आशालाल तामाङ र नन्दलाल तामाङले प्रतिव्यक्ति साढे ६ लाखका दरले करिव ब्राह जनाबाट जनही रकम उठाइ फरार भएकामा पिडितहरु स्वयंले फक्राउ गरी विभागसमक्ष पेश गर्दा समेत विभागले एकतर्फी रुपमा सामान्य तारेखमा तामाङ परिवारलाई छाडेको । घुष लिएर आफूहरुको रकम फिर्ता नगराउनेतर्फ विभाग लागेको पिडित राजन भण्डारीले उल्लेख गरेका छन् । पासपोर्ट नम्बर ३४७६३३५ रहेका रौतहटका सोमबहादुर विश्वकर्मालगायत १२ जनालाई न्यूजिल्याण्ड पठाईदिने भनी नक्कल भिजा तयार पारी तामाङले विभागबाट व्यक्तिगत श्रमस्वीकृति निकालेका थिए । उक्त नक्कली भिजामा लगाएको सक्कली स्टिकर नम्बर एसएनए ४७३९०२ न्यूजिल्याण्ड श्रमस्वीकृति मिति अगस्ट २८, २०११ रहेको छ । पिडितहरुले वैदेशिक रोजगार विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा समेत उजुरी दिएका छन् तर अभियुक्त आशालाला तामाङ निर्धक्क हिंडिरहेका छन् । नाताले उनीहरु बाबुछोरा हुन् । अन्य पिडितहरुमा राकेस महर्जन, अप्सरा भण्डारी, राजु थापा, विनोद लामा, जितेन्द्र दास, उमेस प्रसाइ, दिलवहादुर वाँस्तोला, अमृत नारायण श्रेष्ठ, वालकुमार श्रेष्ठ, जीवन तामाङ र पुष्प चापागाइबाट तामाङले जनही साढे ६ लाखका दरले रकम असुलेर फरार रहेका थिए । पिडित स्वयंले विभागसमक्ष पेश गर्दा भोटे कागजको खाममा घुषको थैली बुझेर सामान्य तारिखमा छाडिएको पिडितले दुखेसो पोखे ।
साधना ईन्टरनेशनल म्यानपावरबाट वैदेशिक रोजगारीको लागि कतार गई महिना दिनभित्र फर्केका पासपोर्ट नं.४७८१८९५ रहेका गजेन्द्र खड्काको निवेदन समेत निर्देशक योगराज बरालले दर्ता गर्न मानेनन् । अनुसन्धानका लागि भन्दै अरबी भाषामा लेखिएको एउटा पत्र उल्था गरेर ल्याउन लगाए, जति बेला पाँच बज्नै लागेको थियो । तर खड्काका कानुन व्यवसायीले मिलाएर उजुरी दर्ता गर्न सफल भए । विभागको उजुरी शाखामा यसै गरी यो पुगेन, त्यो पुगेन, भोलि आउनुहोस्, आफै समातेर ल्याउनुहोस जस्ता झन्झट लगाएर पिडितहरुलाई हैरानी गर्ने गरिएको छ ।
त्यसैगरी चितवनकी सृजना शर्मा र धरानका–काठमाडौंका नविन राउतले अमेरिका पठाइदिने भनी करिव तीनदर्जन युवायुवतीबाट प्रतिव्यक्ति एक लाखका दरले करिव चालीस लाखको हाराहारीमा रकम असुलेर फरार रहेको अवस्थामा पिडितहरु स्वयंले स विभागमा पेश गरेका छन् । निर्देशक योगराज बराल रहेको कानुनको उजुरी शाखाले नविन राउतलाई सामान्य तारिखमा छाडिसकेको छ भने सृजना शर्मालाई कार्वाहीनगरी छाड्न लागेको भन्दै पिडितहरु आक्रोशित बनेका छन् । सृजना शर्मा र नविन राउतको ट्राभल कन्सल्ट्यान्सी प्रालि ढुङ्गेधारा काठमाडौं र रोयल क्रुज लाइन्स कम्पनीका नामबाट अरु सयौं युवायुवतीहरु अमेरिकाको सपना देखेर फसेको हुन सक्ने पिडित मध्येका मोरङका टंक विष्टले उल्लेख गरेका छन् । सृजना शर्मा र नविन राउतले कम्तीमा पैंतीस देखि चालिस लाख रकम उठाएको विभागसमक्ष स्वीकारीसकेका छन् भने पिडितहरु वैदेशिक रोजगार विभागमा उजुरी दिनआउने क्रम जारी रहेको अर्का पिडित शंकर अधिकारी,इश्वर गुरुङ्ग र क्षेत्र मगरले बताएका छन् । वैदेशिक रोजगार विभागले पिडितसँग भएका वाउन्स चेकहरु विभागमा संकलन गरी पिडितलाई पाखा लगाएर पिडक सृजना शर्मा र नविन राउतलाई उम्काउने प्रयासमा लागेको श्रोतले उल्लेख गरेको छ । पिडितसँग रहेका वाउन्स चेक विभागको उजुरी शाखाले खिचीसकेको छ । वैदेशिक रोजगार ऐन २०६४ को परिच्छेद ९ को दफा ४३ मा वैदेशिक रोजगार सम्वन्धि इजाजत नलिइ विदेश पठाएमा लिएको रकम र सोको पचास प्रतिशतले हुने हर्जनावापत असुलउपर गरि तीनलाख देखि पाँचलाख सम्म जरीवाना र तीनवर्ष देखि सातवर्ष सम्म कैदको व्यवस्था गरे पनि विभागका अधिकारीहरु खामबन्दीमा घुष असुलेर पिडकलाई छुटकारा दिने र पिडितलाई झनै पिडित बनाउने गरेका छन् ।
वैदेशिक रोजगार ऐनले स्पष्ट गरेका कतिपय कुराहरुमा समेत अवैध रकम असुलेर वैदेशिक रोजगार न्यायाधिकरण मार्फत मुद्धा दायर गरेर झन्झटिलो बनाउने काम विभागले गर्दै आएको छ । विभागको क्षेत्राधिकार भन्दाबाहिरका मुद्धालाई मात्र विभागले न्यायाधिकरणमार्फत मुद्धा चलाउनु पर्नेमा पिडकसँग मिलेर पिडितलाई झनै पिडत बनाउँदा राज्यका सम्वन्धित निकाय रमिते बनेर भागवण्डामा अड्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

उदयपुर । वर्षायाम सुरु भएसँगै निरन्तर पानी पर्न थालेपछि धान रोपाइँ सुरु गर्ने समय अघि नै जिल्लामा धान रोपाइँ गर्न

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा

आजको प्रमुख समाचार