ओलीले किन गरे प्रचण्डसंग गोप्य भेटघाट ?

२० भाद्र २०६९, बुधबार ०९:१५ मा प्रकाशित


काठमाडौं, २० भदौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल कामचलाउ प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार बिस्थापित गरी सहमतीय सरकार गठनका लागि तयार भएका छन् । दुई दिनसम्म चलेको एमाले वरिष्ठ नेता केपी ओलीसंगको गोप्य भेटवार्तामा दाहाल सरकार परिवर्तनका लागि तयार भएका हुन् ।
आफ्नो पूर्व निर्धारित भारत भ्रमण रद्द गरी ओलीले दाहालसंग आइतबार र सोमबार राजधानीमा झण्डै चार घण्टा लामो गोप्य वार्ता गरेका थिए ।
गत आइतबारका लागि ओलीको भारत भ्रमण तय भएको थियो । स्वास्थ्य परीषण् का साथै भारतीय नेतासंग भेटघाट समेत गर्ने कार्यक्रम रहे पनि ओलीले राजनीतिक गतिरोध तोड्न भन्दै भ्रमण रद्द गरेका बताइन्छ । यसअघिको भारत भ्रमणमा ओलीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग भेटवार्त गरेका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि मुखर्जीसंग भेट गर्ने ओली नै नेपालका पहिलो नेता हुन् ।
यसपटक पनि भारतीय संस्थापन र विपक्षी नेताहरुसंग भेटवार्ता गर्ने कार्यक्रम रहेपनि राजनीतिक निकासका लागि गम्भीर छलफल जरुरी भएको भन्दै ओलीले अन्तिम समयमा आफ्नो भ्रमण रद्द गरेका थिए । भ्रमण रद्द गरेलगत्तै आइतबार सांझ लैनचौरस्थित होटल मल्लमा दाहाल र ओलीबीच डेढ घण्टा लामो वार्ता भएको थियो । दुई नेताबीच सोमबार पनि राजधानीकै एक गोप्य स्थानमा अढाई घण्टा लामो वार्ता भएको हो ।
पहिलो दिनको सहमतिअनुसार ठोस समझदारी बनाई सहमतिको बाटो पहिल्याउन दोस्रोपटक गोप्य वार्ता गरिएको स्रोतको कथन छ । ‘निकासका लागि ठोस प्रस्ताव तयार गर्न’ भन्दै सुरु भएको दुई नेताबीचको वार्तामा निकास दिने सम्बन्धमा ठोस समझदारी बनेको ओलीनिकट सुत्रले बतायो । ‘दाहाल र ओलीबीचको भेटवार्तामा वर्तमान सरकार परिवर्तन गरी निकास दिने विषयमा एकखालको समझदारी भएको छ’, स्रोतले भन्यो ।
बताइएअनुसार वार्तामा प्रधानमन्त्री भट्टराईको कार्यशैलीको समेत गम्भीर समीक्षा भएको छ । संविधानका विवादित मुद्दा र राष्ट्रिय सहमतिको सरकार गठनमा केन्द्रित रहेको वार्तामा दाहालले आफू पनि राष्ट्रिय सहमतिको सरकार गठनको पक्षमा रहेको भन्दै वातावरण अनुकूल बनाउन ओलीलाई आग्रह गरेका थिए । दाहालले भट्टराईका कतिपय कार्यशैलीले पार्टीलाई नै समस्या परिरहेको भन्दै घुमाउरो ढंगबाट इरान भ्रमणको प्रसंग उठाएका थिए ।
प्रधानमन्त्री भट्टराईले असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनका क्रममा इरानमा रहंदा एमाओवादीकै उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत सहभागी नगराई भारतीय प्रधानमन्त्र िडा. मनमोहन सिंहसंग एकल्े भेटवार्ता गरेका थिए ।
एमाले नेता ओलीसंगको भेटमा अध्यक्ष दाहालले सो विषयलाई उठान गर्दै समीक्षा गर्ने संकेत दिएको स्रोतको भनाई छ । भेटमा दाहालले आफूहरु एकल जातीय पहिचानको राज्य बनाउने पक्षमा नरहेको खुलासासमेत गरेको स्रोतको दाबी छ ।
वार्ताको क्रममा ओलीले अब छलछाम र षडयन्त्रबाट अगाडि बढ्ने प्रयत्न गर्न नहुने भन्दै वर्तमान सरकारको विकल्पमा सहमत नभएसम्म अन्य विषयले निकास पाउन कठिन हुने धारणा राखेका थिए । दाहालले ओलीको सो ारणामा सहमति जनाएका थिए ।
ओलीले सहमतिकै लागि हिजो मंगलबार कांग्रेस सभापति सुशील कोइरालासंग पनि भेटवार्ता गरेका थिए । दाहालसंगको भेटबारे कोइरालालाई ओलीले जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल