म्याग्दी समाज-अमेरिकाको बार्षिक बनभोज सम्पन्न

१९ भाद्र २०६९, मंगलवार २१:१२ मा प्रकाशित

बाल्टिमोर, अमेरिका । म्याग्दी जिल्लाको ठेट लोक गीत “सालैजो” भाकामा जम्दै प्रशान्त महासागरको सामुद्रिक तटमा अवस्थित बाल्टिमोरको रमणीय पार्कमा म्याग्दी समाज-अमेरिकाको बार्षिक बनभोज सम्पन्न भएको छ ।

दोहोरी गीतको उद्गमस्थल म्याग्दी जिल्लाका निलम थापामगर, म्याग्दी गुर्जागाउँकै श्याम छन्त्याल र म्याग्दी चिमखोलाकी दोहोरी कलाकार प्रिथिबीमाया पुनले गाएको म्याग्दीको ठेट लोक भाका सिरफुलै सालैजो जम्नु जमेको सुन्न र हेर्न करिब ४०० नेपालीहरू ऊपस्थित थिए ।

क्रिमिक्स गरेर लोकभाका बिगार्ने चलन चलेको अहिलेको जमानामा गाउँघरको मेलापात, जात्राहरूमा गाईने म्याग्दीको ठेट लोक भाका सिरफुलै सालैजो जस्ताको तस्तै सुन्न पाऊँदा अमेरिका नभएर म्याग्दी गलेस्वोरको बालाचतुर्दशीमेला जस्तो लाग्यो म्याग्दी राखुका सुमन मल्लले भने सालैजो गीतको साथै, लठो तान्ने लगायत दिनभर खेलिएको बिभिन्न खेलहरू मध्ये सबैभन्दा आकर्षक खेल थियो ।
गिरगिर दगुर्दै ढुंगा फ्याँक्ने खेल ठेलो हान्ने खेल म्याग्दी बाग्लुंग तिरको परम्परागत(खेल मानिने यो ठेलो हान्ने खेलमा यसपटक सम्पूर्ण म्याग्दीबासीलाई पछार्दै बाग्लुंग जिल्ला मालिकाका दिनेश आचार्य प्रथम भए बिजयी खेलाडी दिनेश आचार्यलाई परम्परा बमोजिम फेटा गुताई दिएर अबिर जात्रा गरिएको देख्दा बडो रमाईलो देखिन्थ्यो । नेपालमा चाहिं अबिरजात्राको साथै पन्चेबाजा बजाऊँदै पुरा गाउँ घुमाऊने चलन छ ( समाजका उपाध्यक्ष अर्जुन शाहीले भने । आयोजक संस्था म्याग्दी समाज युएसएका अध्यक्ष पारशमणी श्रेष्ठले ऊपस्थित सबैलाई स्वागत गर्नुभएको उक्त बनभोजमा अमेरिकाका लागी नेपाल सरकारका महा बाणिज्यदुत प्रेमराजा महत र अन्तरास्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदीको समेत उपस्थिति थियो ।

नर्थ अमेरिकाकै जेठो संस्था अमेरिका नेपाल सोशाईटी, वाशिंगटन डि० सी० का निबर्तमान अध्यक्ष खेम भट्टचन, म्याग्दी जिल्लाको पहिलो चार्टर्डएकाऊन्टेन्ट भिम प्रकाश भट्टचन । म्याग्दीको महिला डाक्टर डा० अनु गर्बुजा, डा० गंगा पुर्जा पुन समेत बनभोजमा ऊपस्थित थिए

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र